arrow

करेन्ट लागेर मृत्यु

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
karenta-lagyo.jpg.jpeg
धनकुटा । नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । विद्युतीय सामग्री चोरीका लागि प्राधिकरणको विद्युत्गृहमा पुगेका करिब २२ वर्षीय एक युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
मृतकको सनाखत हुन सकेको छैन । ३३ हजार भोल्ट करेन्ट प्रवाह भएको स्थानमा विहिबार अपराह्न उनको शव फेला परेको हो । करेन्ट लागेर मृतकको शव पूरै डढेको छ । विद्युतीय सामग्री चोरीका लागि प्रयोग हुने सामग्रीसमेत साथमा भेटिएकाले उनी चोरीकै लागि सो स्थानमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव परीक्षणका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ