arrow

लोकतान्त्रिक गठबन्धन लोकतन्त्र रक्षाको लागि : थापा

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
kamal_thapa3.jpg

हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धन कसैको बिरुदमा नभई नेपाली जनताको हितमा रहेको बताएका छन् । 

संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौंडा उपमहानगरपालिका वडा नं ६ हात्तिलेटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोदन गर्दै मन्त्री थापाले बाम गठबन्धनको तालमेलले लोकतन्त्र कमजोर पार्न सक्ने परिस्थिती देखा परेको बताउँदै लोकतन्त्रको रक्षाको लागि लोकतान्त्रिक गठबन्धन रहेको बताएका हुन । 

उनले मकवानपुर आफनै गृह जिल्ला भएकोले मकवानपुरलाई नेपाली काँग्रेस र राप्रपा मिलेर नमुना जिल्लाको रुपमा बिकास गरी प्रदेशको स्थाई राजधानि बनाउने  प्रतिवद्धता व्यक्त गरेका छन् । उनले स्व. प्रकाश दाहालको अल्पायुमै भएको निधनप्रति समवेदना व्यक्त गरेका छन् । 

कार्यक्रममा नेपाली काँग्रेस वडा नं ६ का अध्यक्ष एवं चुनाव प्रचारप्रसार संयोजक रामहरि तिमल्सिना, राप्रपा ६ नं वडा अध्यक्ष एवं चुनावप्रचारप्रसार उपसंयोजक केदार राई ६ न वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई,वडा सदस्य राजकुमार बास्तोला लगाएतकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ