arrow

अमेरिकी स्टार्टअप आइटी कम्पनी सगुनमा लगानी कसरी गर्ने ?

लगानीको अवसर ३० नोभेम्बरसम्म

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
sagoon_final_logo.jpg

काठमाडौं ।  अमेरिकामा बस्ने नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा लगानी गर्ने अबसर अव केही दिन मात्र बाँकी रहेको छ । अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएको सगुनले यतिबेला ग्लोबल मार्केटमा सेयर विक्री गरिरहेको छ ।


संभवत अमेरिकन जब्स एक्ट २०१२ अन्तर्गत रहेर सेयर जारी गर्ने सगुन एसियाकै पहिलो कम्पनी हो । आइटी क्षेत्रको स्टार्ट अप सगुन राम्रो सम्भावना भएको कम्पनी हो । एक नेपालीले प्रवर्धन गरेको सगुनले अमेरिकाबाट ग्लोबल सेयर मार्केटमा लगानी गर्न पाउनु अभूतपूर्व अबसरको रुपमा समेत हेरिएको छ ।

कस्तो कम्पनी हो सगुन ?
आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटर दर्ता भए झै अमेरिकाको डेलावयर स्टेटमा सगुन इंन्कको नाममा दर्ता भएको आइटी कम्पनी हो । सोसिएल इकमर्सको रुपमा अगाडी बढ्दै गरेको सामाजिक सञ्जाल नै सगुन हो । क्राउण्ड फन्डिङ अन्तर्गत बिश्वभरीबाट सगुनको बृद्धि बिकासको लागि लगानी जुटाउदै आएको छ । अमेरिकन कम्पनीमा लगानी गर्न मिल्ने देशहरुबाट लगानी गर्न सकिने छ । यस्ता कम्पनीहरुमा पहिले पहिले ठुला ठुला इन्भेष्टहरुले मात्र लगानी गर्न सक्थे तर अमेरिकन जब्स एक्टले रिक्स लिन सक्ने साना साना लगानी कर्ताहरुलाई समेत बार्षिक आम्दानीको १० प्रतिशत सम्म लगानी गर्न छुट दिएसगै लगानीको अवसर बिश्वभरिका साना लगानीकर्ताले पाएका हुन् । तर प्रोफेसनल इन्भेष्टर तथा संस्थागत लगानीमा भने कुनै रोकटोक नरहेको बताइएको छ ।

 त्यसमा पनि थोरै रकम बचाउनेहरुका लागि पहिलो पल्ट यसरी लगानी गर्ने अबसर आएको छ । आइटीको क्षेत्रमा अथाह सम्भावना छ । सगुनको जस्तै अबस्था पार गरेका फेसबुक, ट्वीटर अहिले कहाँ पुगे भन्ने सबैका सामु छ । यस्तै अबस्था सगुनको आउँदैन भन्न सकिन्न ।
सगुनले मिनी आइपिओबाट २ अर्ब रुपैयाँ बराबर जुटाउने तयारी गरेको छ । अहिलेसम्म संसारका २ हजारभन्दा बढीले लगानी गरिसकेको छन । सगुनले सेयर निस्कासन गरेर यसै साता ३२ करोड रुपैयाँ जुटाइसकेको छ । गैरआवासीय नेपाली अगुवाहरुले यसमा लगानी गरेका छन् । यही नोभेम्बर महिनाभर कम्पनीले सेयर निस्कासन खुल्ला राख्ने जनाएको छ ।

कहाँबाट गर्न सकिन्छ लगानी ?
अमेरिकन कम्पनीमा लगानी गर्न मिल्ने देशहरुबाट लगानी गर्न सकिने छ । सगुनको इन्भेष्ट पेज www.sagoon.com/invest मा भएको फर्म भनेर  डेबिट क्रेड्रिट कार्ड तथा आफ्नो बैक एकाउन्डबाट वायर ट्रान्फर गरेर सगुनमा लगानी गर्न सकिन्छ । सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालको कानुनले विदेशमा लगानी लैजान रोक लगाएको छ । तर बिदेशमा बैक खाता भएका गैर आवासिय नेपालीहरुले भने बिदेशबाट लगानी गर्न सक्नेछन ।

मिनि आइपीओमा सगुनले प्रतिकित्ता २३ रुपैयाँ दरका सेयर निस्कासन गरेको छ । ब्यक्ति वा संस्थाले कम्तीमा १ हजार डलरको सेयर किन्न सक्छन् । ब्यक्तिको हकमा भने अमेरिकन जब्स एक्टले बार्षिक आम्दानीको १० प्रतिशत सम्म लगानी गर्न छुट दिएको छ ।

डेबिट क्रेडिट बाट भने सबै देशबाट लगानी गर्न मिल्दैन ।  अमेरिका, बेलायत तथा दक्षिण कोरिया जस्ता देशमा कार्डबाट लगानी गर्न सकिन्छ भने अष्ट्रेलियामा भने कार्डबाट पैसा पठाउन सकिदैन । अष्ट्रेलियाबाट लगानी गर्न बैकबाट वायर ट्रान्सफर नै गर्नुपर्छ । यस सम्बन्धी सगुनको लाइभ च्याटमा सोधेर जानकारी पाउन सकिन्छ ।

कसरी गर्ने आवेदन ?
सगुनमा लगानी गर्न www.sagoon.com/invest मा गएर इन्भेस्ट बटम थिचेपछि त्यहा रहेको फर्ममा पहिलो चरणमा आफ्नो नाम, इमेल ठेगाना, ब्यक्तिगत, सामुहिक, कम्पनी, ट्रस्टमध्ये केबाट लगानी गर्ने हो भनेर खुलाउनु पर्छ । त्यसपछि कति डलर लगानी गर्ने, कति सेयर संख्या बराबर भन्ने छनौट गर्नु पर्छ । त्यहाँ विभिन्न चार वटा अप्सन आउँछ । अमेरिकामा बस्नेहरुका लागि इलेक्ट्रोनिक चेक, चेक मेल गरेर, क्रेडिट/डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर सगुनलाई रकम पठाउने सुविधा हुन्छ । अमेरिकाबाहेकका अन्य मुलुकबाट भने क्रेडिट/डेविट कार्ड र वायर ट्रान्सफर गरेर मात्र लगानी गर्न सकिनेछ ।

यसपछि सुरु हुन्छ दोस्रो चरणको विवरण भर्ने । यस चरणमा लगानीकर्ताको जिप कोड सहितको ठेगाना, मोवाइल नम्बर जन्ममिति लगायत भर्नु पर्छ ।

तेस्रो चरणमा बार्षिक आम्दानी खुलाउनु पर्छ । बार्षिक २ लाख डलरसम्म आम्दानी गर्नेहरुले अमेरिकामा कमाइको १० प्रतिशतसम्म सेयरमा लगानी गर्न सक्छन् । त्यसभन्दा बढी कमाइ गर्नेका लागि भने लगानी गर्ने रकमको सीमा तोकिएको छैन । फर्मको अर्को चरणमा कम्पनीसँग केही बुँदामा सम्झौता गर्नु पर्ने हुन्छ । सिक्नेचर भनेको ठाउमा आफ्नो पुरा नाम लेखेर हस्ताक्षर गर्न सकिने छ ।

त्यसपछि रकम तिर्ने क्रेडिट/डेविट कार्डको नम्बर, सुरक्षा नम्बरलगायतको विवरण फर्ममा भर्नुपर्छ । यसपछि रकम सगुनको सेयर निस्कासन प्रत्याभूती गर्ने कम्पनीको खातामा जान्छ ।

सगुनको इन्भेष्ट पेजमा भएको लाइभ च्याटबाट चौबिसौ घण्टा नबुझेको प्रश्न सोध्न सकिने छ । सगुनले इन्भेष्टरहरुलाई सहज जानकारी दिन कस्टोमर सेन्टर २४ औ घण्टा खुल्ला रहने जनाएको छ ।

कहिले पाइन्छ सेयर प्रमाणपत्र ?
सगुनको सेयर खरिद गर्न पठाएको रकम प्राइम ट्रस्टको स्क्रो एकाउन्टमा जम्मा हुन्छ । त्यहाँ रकम पुगेको जानकारी ३ देखि १० कार्य दिनभित्र इमेलमार्फत जानकारी प्राप्त हुन्छ । त्यसपछि सेयर खदिरको कानुनी प्रक्रिया सुरु हुन्छ । त्यति बेला नियामक निकायले सम्पत्ति सुद्धिकरण, गैरकानुनी आर्जनलगायतको लगानी हो/हैन भनेर जाँच गर्छ । यसका लागि ३ देखि ५ हप्ता समय लाग्छ । नियामकको अनुसन्धान सकिएपछि सगुनले आफ्नो खातामा नगद प्राप्त गर्छ । त्यसपछि सगुनले सेयर प्रमाणपत्र जारी गरेर लगानीकर्तालाई पठाउँछ ।

कुनकुन कार्डबाट तिर्न सकिन्छ रकम ?
सगुनमा लगानी गर्न भिसा, मास्टर कार्ड, डिस्कोभर कार्डबाट सकिन्छ । क्रेडिट कार्डमा भ्यालिड सेक्युरिटी कोड भने हुनै पर्छ । एकभन्दा बढी क्रेडिट कार्डबाट जोडर एकमुष्ट रकम पठाउँछु भन्न मिल्दैन । जति रकमको सेयर किन्ने हो, एउटै क्रेडिट कार्डबाट भुक्तानी दिनु पर्छ । बैकबाट वायर ट्रान्फर गर्दा सगुनको इस्क्रो एकाउन्ड प्राइम ट्रष्ट एलएलसी मार्फत पठाउनुपर्ने छ ।
सगुनको सेयर किन्दा मुलुकअनुसार केही रकम अतिरिक्त तिर्नु पर्ने हुन्छ । त्यसरी तिर्ने रकम फरक फरक हुनेछ । लगानी बैकले लिने कमिसन रकम थप तिर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ