arrow

चन्द्र भण्डारीको नजरमा : माओवादी जङ्गली हात्ती, एमाले साँढे

logo
सुर्य खनाल,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
chandra-bhandari.jpg.jpeg

गुल्मी । नेपाली काँग्रेस गुल्मी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाल शिक्षक संघको चुनावी सभा जोहाङ्ग खैरेनीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीको तथा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ , महाधिवेसन प्रतिनिधि मोहन ज्ञवाली लगाएतका नेताहरु सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथी भण्डारीले यो देशमा जति पनि परिर्वतनहरु भएका छन ति सबै नेपाली काँग्रेसले  गरेको बताए ।

 जङ्गलमा बसेर बम पड्काउने माओवादीका नेतालाई स्वर्गीय गीरीजा कोइरालाले खोजेर भारतबाट रातारात बालुवाटार भित्राएर रडाको मच्चाउदै हिडेको माओवादीलाई सान्ती प्रक्रियामा ल्याएर नेपालमा नेपाली काँग्रेसले शान्ती स्थायीत्व काएम गर्दा ने.क. पा. एमालेले रमिता हेरेर बसेको आरोप समेत लगाए ।  कम्युनिष्टहरुसँग क्षमता हुन्थ्यो भने चार चार जना प्रधानमन्त्री हुदा यो देशमा सविंधान निर्माण गर्ने थिए तर सकेनन  जसको कारण दोस्रो संविधान सभाको चुनाव गरियो र अन्तत जङ्गली हात्ती जस्तो माओवादी र साँढे जस्तो एमालेकावीचमा नेपाली काँग्रेसकै नेतृत्वमा सविंधान निमार्ण भयो ।

 फेरि स्थानीय निकायको चुनाव पनि सम्पन्न गर्ने औकात नभएपछि नेकपा एमालेको पुन नेपाली काँग्रेसको सरकार बन्यो र प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा स्थानीय निकायको चुनाव सम्पन्न भयो । अपाङ्गहरुका लागी औषधी , मुटु रोगीहरुका लागी निशुल्क उपचार, १५ बर्ष मुनिका वालवालीकाहरुलाई  निशुल्क औषधी जस्ता जनताको सेवा सम्बन्धी निर्णय नेपाली काँग्रेसले गर्दै गर्दा ने.क.पा. एमालेले जहिले पनि मात्र बृदा भत्ताको नारा बाडीरहेको छ ।

 ने.क.पा. एमालेको जनतालाई गरिब बनाएर गरिविमाथी राजनिति गर्न खोज्ने प्रविद्धि आम जनतामाझ छर्लङ्ग भइसकेको बताए । जनताको विकासका लागी योजना बनाउन नसक्ने तर चुनावको अघिल्लो दिन पाडो र रक्सी खुवाउने ने.क.पा. एमालेको घिन लाग्दो व्यावहार प्रति घृणा लागेको समेत बताए । मैले गरेको विकासमा डाहा गर्ने र बकबकाउने एमालेले आजसम्म सिद्धबाबाको पहिरोले जनधनको क्षति पुराएको देख्न सकेनन बरु रमाए तर अहिले मैले ल्याएका योजनाहरु लाई पनि विथोल्न खोज्नेहरु  प्रति दया लागेको समेत बताए ।

 नेपालमा बामगठबन्धनले जनताको अधिकारलाइ लुट्न सक्ने खतरा भएको समेत बताए । उनले थपे संसारमै घृणीत भइसकेको अधिनायकबाद नेपालमा ल्याएर यहाका जनताको अधिकार माथी लात हान्ने कु प्रयास गरेका शक्तिलाई परास्त गर्न नसके जनताको दुरदसा निम्तीने भएका कारण लोकतन्त्रको संरक्षणका लागी नेपाली काँग्रेसको विकल्प नरहेको समेत बताए ।

 साथै भण्डारीले आफुले कहिले पनि केन्द्रलाई भन्दा आफ्नो क्षेत्रलाई नै मध्यनजर गरेको हुनाले स्थानीय स्तरमा विकासका तमाम योजनाहरु ल्याएका कारण पनि आफ्नो जित स्निश्चित भएको समेत जानकारी दिए । त्यस्तै प्रदेश सभाका उम्मेदवार पृथ्वी फौदारले आफु विजय भएको खण्डमा विकासको लहर ल्याउने समेत प्रतिवद्धता ब्यक्त गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ