arrow

धेरैले थाहा पाएनन् गएरातीको ठुलै पराकम्प पनि

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
dhading-map.jpg.jpeg
काठमाडौं । लामो समयपछि गएराती ठुलो पराकम्प भएको छ । धादिङ र नुवाकोटको सीमालाई केन्द्र विन्दु बनाएर गएराति भूकम्पको पराकम्प गएको हो । राती सुतिरहेको बेला भएकाले धादिङ र नुवाकोटकै पनि धेरैजनाले पत्तो नपाएको बताएका छन ।
 
नुवाकोट र धादिङको सिमाना पर्ने साल्मे आसपासमा राति १ बजेर ७ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 
यसअघि मंसिर ३ गते सिन्धुपाल्चोकमा ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएपछिको यो नै ठूलो पराकम्प गएको हो । ७ दिन अघि दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ र ४ दशमलव १ रेक्टर स्केलको २ वटा पराकम्प गएको थियो  ।
 
गत बैशाख देखि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका ४ सय २७ पटक पराकम्प गैसकेको केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ