- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ का नेपाली काँग्रेस उम्मेदवार छन्द बहादुर पहराईले जनताले भ्रम र झुठा भाषण नभइ विकास चहेको बताएका छन् । मदाने गाँउपाकिाको पुर्कोटदह र भनभनेमा पुगेका उम्मेदवार पहराईले सो कुरा बताएका हुन् ।
उम्मेदवार पहराईले भने, 'जनताले अहिले परिवर्तन चााहन्छन, किन कि अहिलेका जनताहरु शिक्षित र परिवर्तनशिल छन। जनताको अबको चाहाना मन र मस्तिष्कलाई जोड्ने राजनीति चाहिएको छ। म जहिले पनि सत्यतामा विश्वास गर्छु, अंकगणित खेल मेरो चाहाना हैन। मलाई विश्वास छ जनताले सत्यता पहिलाउँने छन। सत्यतालाई विश्वास गरी विजयी बनाउनुहुनेछ।'
सोहि क्रममा उम्मेदवार पहराईले अवसरबादी र विश्वासघाती पार्टीलाई जनताले अहिले राम्रोसँग केलाइसकेको र जनताले नेपाललाई एकादेशको कथा बनाउँने छैनन् भन्ने विश्वास व्यक्त गरे।
उनले भने,' म मगर भएर बोल्दा ट लाई भने हूँला तर जनताले त्यसमा विश्वास गर्दैनन, उनले भने सवाल भाषा हैन जनताको सवाल मुद्धाको हो। हरेक विकासमा नेपाली काँग्रेसको अहम भूमिका रहेको तर हामीले गरेको विकास निर्माणका कार्यलाई विपक्षी पार्टीले हामीले गरेको भन्दै जनतालाई भ्रम छर्दै हिडेका छन् । मैले मेरो प्रदेशलाई म समृद्ध, सम्मुनत र नमुना प्रदेश बनाउन चाहान्छु। किन कि यस प्रदेशका जनता भ्रम र झुठा भाषण हाईन विकास चाहान्छन, त्यसैले यस पटक नेपाली काँग्रेसलाई नै विजयी गराउँने छन भन्ने मेरो विश्वास छ ।'