arrow

न्वागी मेलामा झण्डै एक करोड कारोवार

logo
कौरव खत्री,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
kapada_bikri.jpg

गुल्मी । गुल्मी र बाग्लुङ्ग अन्तर्गत पौदीबासीहरुले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोवार राम्रो भएको छ । 

दुई जिल्लाको संगम स्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको ५ दिने मेला अवधिभरमा झण्डै १ सय ५० ओटा स्टलहरुमा सञ्चालन गरिएका व्यापार व्यवसाय मार्फत व्यापारीहरुले मेलामा विभिन्न सरसामान अन्र्तगत सिजनका न्यानो कपडा, फलफुल अन्तर्गत सुन्तला, स्याउ, कृषि उपज र बढि मात्रामा होटल व्यवसाय तथा रमाईलो मेला समेतबाट मेला अवधिभर भण्डै १ करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बाग्लुङ्गका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।

पछिल्ला बर्षहरुमा न्वागी मेलामा कारोवार राम्रो हुनेभएपछि मेलालाई मध्यनजर गदै विभिन्न जिल्लाबाट व्यापारीहरु आ–आफ्नो  व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गएको पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ