arrow

डिनाको क्षेत्रमा महिलाहरु उत्साहित, समर्थन गर्दै प्रवेश गरे १०१ जना

कम्युनिष्टको लालकिल्ला भत्किदैछ : डीना

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
deena_congress1.jpg

हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टको लालकिल्ला भत्किने दाबी गरेकी छिन् । सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा गर्ने व्यवहारका कारण पछिल्लो समय काँग्रेसमा प्रवेशको लर्को लागेकोले लालकिल्ला नाम मात्रको हुने दाबी गरेकी हुन् ।

काँग्रेसको नेतृत्वमा मुलुकमा भएको परिवर्तन, जिल्लामा भएको विकास र राजनीतिक सम्भावना बोकेका उम्मेदवार भएको कारणले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको छ’, डीनाले भनिन्, ‘पछिल्लो समय काँग्रेसमा आएको पार्टी प्रवेशको लहरले पनि काँग्रेसप्रतिको आकर्षण स्पष्ट देखिएको छ ।’

झुटा र फोस्रा आश्वासन बाँड्ने कम्युनिष्ट नेताको बोलीमा फसेर मकवानपुरका जनताले पटक पटक कम्युनिष्टलाई जिताएको स्मरण गर्दै उनले अब नेपाली जनताले नयाँ ‘च्वाइस’ गर्ने दावी गरिन् । ‘कम्युनिष्टको बोली र व्यवहारमा रहेको फरकपना र झुटा आश्वासनले गर्दा मकवानपुरका जनता आजित भैसकेका छन् । यो पटक लोकतान्त्रिक गठबन्धनको विजय हुनेछ र मकवानपुरका विकास कस्तो हुन्छ ? भन्ने हामी देखाउन चाहन्छौँ’, उनले भनिन् । 

यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले पटक पटक जितेर पनि विकासको र जनताको हितको नाममा सिन्को नभाँचेका नेताहरु फेरि भोट माग्न आइरहेकोले उनीहरुको फोस्रा आश्वासनमा नफस्न जनतालाई अनुरोध गरे । ‘हामी कुरा हैन काम गरेर देखाउँछौँ, कुरामा पानी जहाज चलाउने, पाइपलाइनबाट ग्याँस ल्याउनेहरु फेरि झुक्याउन आउँदैछन्, सचेत रहनुहोला’, बानियाँले भने, हामीले भोट हाल्ने दिन गरेको गल्तीले ५ बर्षसम्म रुने कि ? यस क्षेत्रको विकास गर्न हामी संगसंगै हातेमालो गरी हिँड्ने भन्दै योग्य उम्मेदवार रोज्ने मतदातालाई आग्रह गरेका छन ।

महिला संघ साविक मनहरी सभापति सावित्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर उपमहानगरपालिका उपमेयर पार्वती शाह, काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकसयजना महिला काँग्रेसमा प्रवेश गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ