arrow

परिवर्तनको संवाहक कांग्रेसलाई मतदान गर्न नेता सिटौलाको अनुरोध

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
KP_sitaula.jpg

झापा । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासित आग्रह गरेका छन् ।
 
चुनावी अभियान अन्तर्गत भद्रपुरको भानुचौकमा आयोजित टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका राप्रपाका उम्मेदवारलाई मत नदिन अनुरोध गरेका हुन् ।
 
एमाले र माओवादी केन्द्रका जागरुक कार्यकर्ताले संस्थागत भइ नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेदवार नरहेको अवस्थामा सहयात्री दल नेपाली काँग्रेसको उम्मेदवारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नु पर्ने भन्दै नेता सिटौलाले परिवर्तन विरोधीलाई पाखा लगाउन आग्रह गरे ।
 
हिजो पञ्चायत कालमा काँग्रेस र कम्युनिष्टलाई राष्ट्रघाती भन्दै भाला र खुकुरी हानेर परिवर्तनको बेग रोक्ने भूमिका खेलेका उम्मेदवारलाई मतदान नगर्न उनले अपील गरे । परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लगाइए सहिदको अपमान हुने भन्दै नेता सिटौलाले परिवर्तनका पक्षधर मतदातालाई नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे।
 
कार्यक्रमा क्षेत्र नं ३ प्रदेशसभातर्फ (ख) क्षेत्रका उम्मेदवार भूमिप्रसाद राजवंशीले प्रदेश सभामा आदिवासी जनजाति समुदायको उपस्थिति दर्शाउन पनि आफ्नो उम्मेदवारी अनुमोदन हुनुपर्ने तर्क गरे।
 
सोही क्रममा झापा क्षेत्र नम्बर–२ प्रदेश (क) मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका  उम्मेदवार लक्ष्मण खड्का, समानुपातिक उम्मेदवार सिता पौडेलसहितको टोलीले सोमबार कन्काई नगरपालिका वार्ड नं ९ अन्तर्गतका टोलमा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ । घरदैलो तथा कोणसभा कार्यक्रम अन्तरगत घैलाडुब्बा बजारमा आयोजित कोणसभालाई प्रत्यक्षतर्फका उम्मेदवार खड्का, समानुपातिक उम्मेदवार  पौडेल लगायतले बोलेका थिए ।

यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन आज पनि घर दैलो तथा चुनावी कोणसभाका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवारहरुले मतदाताहरुको घर घरमा पुगेर मत मागेका हुन् ।
 
सभामा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम सुवेदीले सो क्षेत्रको विकास निर्माण र जनताको आवश्यकत एवम् आकांक्षासंग आफू परिचित रहेकोले तिनलाई  पुरा गर्न आफूले दिलोज्यानले लाग्ने बताउनुभयो ।
 
सोमबार नै कन्काइ २ स्थित दुर्गापुर बजारमा पार्टी प्रबेश तथा आमसभा को कार्यक्रम सम्पन्न भयेको छ ।
 
कार्यक्रममा एक सय भन्दा बढी युवाहरू कम्युनिष्ट  गठबन्धन छाडेर काङ्ग्रेस प्रबेस गरेका छन । नव प्रबेशीलाई कृषि विकास राज्यमन्त्री सरिता प्रसाईं ले सदस्यता बितरण, देउमान थेबेले माला र उत्तम सुवेदीले आबिर लगाएर सम्मान गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ