arrow

काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन : मन्त्री यादव

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
yadhav1.jpg

महेन्द्रनगर ।  खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गरेका छन् ।  

धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहुनभएका मन्त्री यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने पार्टीले चुनाव जित्यो भने विनाशको शुरुवात हुने बताए ।

उनले राष्ट्रवादको नौटंकी प्रदर्शन गरिरहेको नेकपा (एमाले) विभिन्न भूगोल र समुदायका जनतालाई एक–आपसमा लडाएर आनन्द लिन खोजिरहेको आरोप लगाउदै त्यस्तो भ्रमबाट मुक्तहुन आग्रह गरे।

एमाले, फोरमलगायत पार्टीबाट काँग्रेसमा प्रवेश गरेका दर्जनौँ कार्यकर्ताको स्वागतमा आयोजित सभामा मन्त्री यादवले आजैदेखि पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरे ।

मन्त्री यादवले भने–“तपाईहरुको क्षमता र योग्यताको पार्टीले मूल्यांकन गर्नेछ, गरिबीमा मात्र कम्युनिष्ट पार्टी फस्टाउने हुँदा उनीहरु जनतालाई गरिब नै बनाउन चाहन्छन्, नेता धनी बन्ने, जनता र कार्यकर्ता गरिब बनाउने पार्टीको नेपालमा मात्र होइन विश्वमै भविष्य छैन ।”

संविधान संशोधनमार्फत  मधेशलाई अधिकार सम्पन्न बनाउन पनि एमाले नै बाधक बनेको मन्त्री यादवको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार वासुलाल महतोले यस क्षेत्रको विकासका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ