arrow

राप्रपा मोरङले शेखरलाई सहयोग गर्ने

लालबाबु भन्दा कोइराला ४ हजार ३ मतले अगाडि

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
shekhar-koirala1.jpg

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ(थापा) समूहले क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइरालालाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना  सम्पूर्ण  मतदातालाई सहयोग गर्न अपिल गरेको छ । जिल्ला कार्य समितिको वैठकले डा कोइरालालाई सर्वसम्मत सहयोग गर्ने निर्णय गरेको अध्यक्ष माधवराज आचार्यले बताए ।

राप्रपा मोरङको यो निर्णयपछि कार्यकर्तावीच देखिएको अन्यौल समाप्त भएको छ । केन्द्रीय गठबन्धन अनुसारनै मोरङ ६ मा कांग्रेसका उम्मेदवार डा कोइरालालाई समर्थन  गर्ने निर्णय गराएका हौ अध्यक्ष आचार्यले बताए । आचार्यले भने , राप्रपाको निर्णयले  लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा कोइराला थप मजवुत पारेको छ  ।

 मोरङको कुनै पनि क्षेत्रमा उम्मेदवारी दर्ता नगराएको राप्रपाका कार्यकर्ताहरु  कुन उम्मेदवारलाई  सहयोग गर्ने वारेमा  अन्यौल थिए । जिल्ला समितिको यो निर्णय सार्वजनिकपछि  कांग्रेसका उम्मेदवार डा कोइरालालाई सहयोग गर्ने बाटो खुल्ला भएको  जिल्ला सदस्य हरि दाहालले बताए  ।

स्थानीय चुनावमा राप्रपाले मोरङ ६ वाट २ हजार ७ सय ८ मत प्राप्त गरेको थियो । मोरङ ६ को विराटनगर नगरक्षेत्रको वडाहरुमा  राप्रपाको  प्रभाव छ । मोरङ ६ मा राप्रपालाई गिरेको कुल मत मध्ये विराटनगरको ४,५,६,७,९,११ र १२ वाट १ हजार ८ सय  प्राप्त गरेको थियो ।

राप्रपा जिल्ला समिति वैठकले  मोरङ ६ (ख) प्रदेश सभाबाट उम्मेदवार बनेका  भोलामान सिंह कार्कीको उम्मेदवारी समेत फिर्ता गर्ने निर्णय गरेको छ । कार्कीको उम्मेदवारी फिर्तापछि प्रदेश सभामा कांग्रेसका उम्मेदवार केदार कार्कीलाई समर्थन गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए ।

सो क्षेत्रमा कम्युनिष्ट गठन्धनका उम्मेदवार लालवावु पण्डित भन्दा १ हजार ६ सय मतको अग्रता डा कोइरालाको  छ । राप्रपाको यो निर्णय पछि मोरङ ६ मा  राप्रपाले प्राप्त गरेको  २ हजार ७ सय ८ मत थपिदा ४ हजार ३ सयको अग्रता देखिन्छ ।

यसै विच राप्रपा मोरङले ६ वटै प्रतिनिधि सभा र प्रदेश सभाको लागी कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । स्थानीय चुनावमा राप्रपाले मोरङ जिल्लाभरि १२ हजार बढी मत प्राप्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ