arrow

वर्ल्डलिंकले ल्यायो 'एक कान दुई कान' अफर

साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिएर पाउनुहोस स्मार्ट फोन

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
Worldlink_Communications.png

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'एक कान दुई कान' आफरको ल्याएको छ । सो अफर अन्तर्गत साथीलाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएर स्मार्ट फोन पाउने सकिनेछ ।  

आफ्ना साथीभाई वा नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत स्मार्ट फोनका साथै तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउने सकिने कम्पनीले जनाएको छ ।

सो अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालना गर्नुपर्नेछ । तपाईले एक जनालाई सल्लाह दिएर वर्ल्डलिंकको सेवा जडान गरे तपाईले र साथीले एक–एक महिना वर्ल्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनुहुनेछ ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वर्ल्डलिंकको सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउने र साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउन पाउनेछन् ।

तपाइको सल्लाह मानेर चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाइने र साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र  स्मार्ट फोन उपहार स्वरुप पाउनुहनेछ । भने साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ