arrow

कैलालीमा राप्रपाले गर्‍यो ' मिडप्याक ',  काँग्रेस उम्मेदवारलाई सघाउने

logo
दुर्गा देवकोटा ।
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
congress-flag.jpg

कैलाली । कैलालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर १ मा मंगलबार बसेको बैठकले नेपाली काँग्रेसका उम्मेदवारहरूलाई सघाउने तथा काँग्रेसका उम्मेदवारहरूसंगै जनताको घरदैलोमा भोट माग्न जाने निर्णय गरेको हो । 

क्षेत्रीय अध्यक्ष मानसिंह साउँदको अध्यक्षतामा भएको बैठकमा राप्रपाका केन्द्रीय सदस्य रामदुलारी चौधरीले लोकतन्त्रको रक्षाका लागि पार्टीको विचारभन्दा माथि उठेर काम गर्नुपर्ने बताइन । उनले लोकतन्त्र र विकासका लागि कांग्रेसलाई जिताउनु जरुरी रहेको बताइन । 

सो अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतन्त्रवादी दल एकजुट हुनैपर्ने बताए । 

कैलालीको क्षेत्र नम्बर ३ मा पनि राप्रपाले काँग्रेसलाई सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार कैलालीको क्षेत्र नम्बर ३ को सुखडमा भएको एक कार्यक्रम राप्रपा प्रदेश सभा ख का उम्मेदवार देवेन्द्रबहादुर मल्लले आफ्नो उम्मेदवारी फिर्ता लिएर काँग्रेसका उम्मेदवार लक्ष्मण शाहीलाई सहयोग गर्ने घोषणा गरे । 

कार्यक्रममा राप्रपाका सहमहामन्त्री चन्द्रबहादुर गुरुङले बाम गठबन्धन विरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुन आग्रह गरे । उनले लोकतन्त्र तथा नागरिक स्वतन्त्रताको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई अझैं बलियो बनाउनु पर्ने बताए । 

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गोविन्दराज जोशीले लोकतन्त्र नै संकटमा परेको वेला लोकतान्त्रिक एकता मजबुत बनाउन सम्पूर्ण शक्ति लाग्नुपर्ने बताए । 

राप्रपाका जिल्ला अध्यक्ष होमबहादुर गुरुङले पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लामा काँग्रेसका उम्मेदवारहरूलाई सहयोग गर्ने निर्णय भइको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ