arrow

रंगेली बजार सुनसानः मोर्चाका कार्यकर्ताले शसस्त्र प्रहरी क्याम्पमा गरे तोडफोड

उच्च सुरक्षा सतर्कता

logo
किरण न्यौपाने
प्रकाशित २०७२ माघ ८ शुक्रबार
Rangeli-morcha.jpg.jpeg
रंगेली। प्रहरीको गोली लागेर मोरङको रंगेली र डाइनियामा तीन जनाको मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज विहानैदेखि मोरङका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका छन्। मोर्चाका कार्यकर्ताले विहान शसस्त्र प्रहरी सुरक्षा बेश क्याम्प रंगेलीको चोप्राहमा बनिरहेको नवनिर्मित भवनमा समेत तोडफोड गरेका छन्। उनिहरुले बेश क्याम्पमा रहेको करिव १ सय बोरा सिमेन्टमा आगजनी गर्नुका साथै पर्खाल भत्काइदिएको र भवनको झ्यालका शिसाहरु फुटाई दिएका सशस्त्र प्रहरी निरिक्षक विदुर भट्राईले बताए। रंगेलीमा दुईवटा मोटरसाईकल तोडफोड गरिएका छन् । तोडफोड गरिएको एउटा मोटरसाईकल रंगेली १० जितेन साहको को ७ प ५३७४ नंवरको रहेको प्रहरीले वताएको छ। प्रहरीका अनुसार अर्को मोटरसाईकल धनी र नंवर खुल्न सकेको छैन। 
तोडफोड गरिएको एउटा मोटरसाईकल रंगेली १० जितेन साहको को ७ प ५३७४ नंवरको रहेको प्रहरीले वताएको छ। प्रहरीका अनुसार अर्को मोटरसाईकल धनी र नंवर खुल्न सकेको छैन। 
 
मोर्चाका कार्यकर्ताले मोरङको कटहरी, नयाँ बजार, रंगेली, डाइनिया लगायतका स्थानमा प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्ताले यातायात समेत चल्न दिएका छैनन्। डाइनिया र रंगेलीमा बजार पसल खुल्न सकेका छैनन्। रंगेलीको वजार, पसल सुनसान रहेको र सर्वसाधारण त्रसित रहेका छन्। विराटनगर–रंगेली सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन्। कुनैपनि अप्रिय घटना हुन नदिनका लागि सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको मोरङ प्रहरीले जनाएको छ।      
 
एमाले भ्रातृसंगठन युवा संघ नेपालले हिजो रंगेलीमा आयोजना गरेको मधेस जागरण कार्यक्रम बिथोल्न जम्मा भएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका क्रममा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो। घटनामा ६ प्रहरी सहित १६ जना भन्दा बढी घाइते भएका थिए। 



नयाँ