- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रकाशपुर । सुनसरीको क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागी प्रत्यक्षतर्फका उम्मेदवार नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका जुझारु, विकाशशील नेता ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार सुनसरीको प्रकाशपुरस्थीत चुनावी सभालाई सम्बोधन गर्दै आँफू सुनसरीलाई विकास गर्नका निम्ति यहाँबाट उम्मेदवारी दिएको बताएका छन् ।
आँफूले राजनीतिलाई ख्रोको नाराको रुपमा नलिइकन विकासका लागी बुझेको बताउँदै कार्कीले भने “भोजपुर र सुनसरी भनेको नङ र मासुको जस्तै सम्बन्ध छ, मलाई यहाँका जनताले विकासका लागी चाहेर यहाँबाट उम्मेदवारी दिएको हुँ” कार्कीले भने,“मलाई अरुको जस्तो झुटो बाचा दिन आउँदैन,म बोल्दा गम्भिर रुपमा सोचेर मात्रै बोल्छु,काम गर्न नसक्ने बाचा म दिन चाहन्न ।”
प्रकासपुरको आँफु स्थायी बासिन्दा भएको र आगामी चुनावपछि यहाँको विकास निर्माणको काममा आँफ्नो जीवनभरै यहि क्षेत्रको विकासको लागी लाग्ने समेत उनले प्रतिबद्धता जनाए । आँफूले आश्वासन मात्रै नदिने र यो क्षेत्रको विकास गर्नका लागी आएको कार्कीले बताए । भोजपुरमा आँफू जन्मेको भएपनि कर्मथलो सुनसरी भएको कार्कीले बताए ।
अन्य क्षेत्रमा भन्दा सुनसरीको प्रकाशपुरमा धेरै जनताहरु बेरोजगारी, शिक्षाका लागी उचित ब्यवस्था नभएको र यसलाई समाधान गर्नका लागी आँफ्नो मात्रै विकल्प भएको कार्कीले बताए । सुनसरी क्षेत्र नं. ४ बाट आँफुले पूर्ण रुपमा जित्ने बिश्वास समेत उनले ब्यक्त गरे । उनका प्रतिद्धन्दी क्षेत्र नं. ४ मा बाम गठबन्धनबाट रमेश श्रेष्ठ रहेका छन् ।