arrow

फाली र ढुंगा तताएर १४ महिने बालकलाई डाम्ने झाक्री विरुद्द ज्यान मार्ने मुद्दा

वच्चाको अवस्था गम्भिर

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७२ माघ ८ शुक्रबार
Pachthar.jpeg.jpeg
पाँचथर। पाँचथर ओयाम १ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सि लागको भन्दै फाली र ढुंगा डाम्ने झाक्री विरुद्द आज विहान जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्दा दर्ता भएको छ। वालक दिपसनका बुवा धन बहादुर राईले झाक्री सुक बहादुर राई विरुद्द ज्यान मार्ने उद्योग अन्र्तगत जाहेरी दिई मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका  प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए। प्रहरीको हिरासतमा रहेका झाक्री विरुद्द अव मुद्दा प्रक्रियासँगै अनुसन्धान अघि वढाइने उनले वताए।
 
वच्चाको भने घटना घटेको हिजो १३ दिनमा ल्याई जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ। वच्चाको उपचारमा संलग्न जिल्ला अस्पताल पाँचथरका डाक्टर मनोज नेपालीले वच्चाको अवस्था हेर्दा गम्भिर रहेको वताउँदै अझै एक हप्ता सम्म अस्पतालमै राखेर उपचार गराउनुपर्ने वताए।
 
धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई विजुवाले उपचार गर्ने क्रममा डामिडिएका हुन्।
 
झाडापखालाले जिवन र मरणको दोसाधमा भएका धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई विजुवाले उपचार गर्ने क्रममा डामिडिएका हुन्। वडा नागरिक मंचमा भएको एक कार्यक्रममा कुरा उठेपछि घटना सार्वजनिक भएको हो।



नयाँ