- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कैलाली। कैलाली जिल्लाको घोडाघोडी नगर पालिका वाड न ५ मा प्रचारप्रसार चुनाबी सभा सम्पन्न भएको छ । वाड न ५ घोडाघोडी नगरपालिकाको सबैभन्दा बढी नदी कटान र बाढी पिडित हुने गरेको स्थानीय बाशिले त्यो समस्या सामाधान गर्नेलाई भोट दिने बताएका छन् ।
प्रतिनिधि सभाका उमेरद्दार पूर्ब स्वास्थ्यमन्त्री रामजनम चौधरीले चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै स्थायित्वको बसाइ, बत्ती, पुलपुलेसा, कान्द्रा नदी कटान नियन्त्रणमा आफ्नो मुख्य एजेन्डा रहेको बताए। मुक्त कमैया , सुकुम्बासीको अब्यबस्थित बसोबासलाई व्यवस्थीत गर्न, आधारभुत आवस्यकता पूरा गर्न , डोडा नदिमा र कान्द्राको बिजुलिया पुल निमाण पछि रिङ्ग रोड बनाउने उनले बताए।
निर्वाचन क्षेत्र नभए पनि यो क्षेत्रमा काम स्वास्थ्य मन्त्री भएको बेला थारु समुदाय देखिएको सिकसेल एमेनिया भएको ब्यक्तीलाई एक लाखसम्मको उपचार निशुल्क, तत्कालिन निर्वाचन क्षेत्र ४ मा बसौटी र पहमानुपर २ वटा एम्बुलेन्स , महिलाको पाठेघर समस्या सामाधानका लागि आफुले काम गर्ने बताए।
घोडाघोडी नगरपालिकाको वडा न ५ चारैतिरबाट कान्द्रा नदीले घेरेको छ । सितलपुरका राम बहादुर चौधरीले बाढी पिडित गाँस, बाँस र कपासको व्यवस्थापन गरेर भोट दिने बताए।डोडा नदि नारायणपुर र कौवा नदि राजिपुरपचघरामा पुल निर्माणका लागि प्रकिया लागि माटो टेस्टको नेपाल सरकारको रेडबुकमा समेत पारेको जानकारी दिएका छन् ।
नदि नियन्त्रणका लागि काम कान्द्रानदी, गौरिगंगा नदी, खुटिया नदी , मोहना नदी, नियन्त्रण र काटनका लागि गुरुयोजना बनाएर सर्बे सुरु भएको छ। नेपाल सरकारले नै कार्यक्रम बनाएको छ।