arrow

रोल्पामा एउटै मञ्चमा देखिँदै शेरबहादुर र बाबुराम

logo
कविता उपाध्याय,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
deuba-_baburam.png

रोल्पा । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई रोल्पा पुग्दै छन् । विहिबार देउवा र भट्टराई एकै मञ्चमा देखिन लागेका हुन् ।
 
नेपाली काँग्रेस तथा लोकतान्त्रिक गठबन्धन रोल्पाले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न विहिबार दिउँसो रोल्पा पुग्ने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

व्यस्त समयका बाबजुद रोल्पा आउन लागेको खबरले रोल्पाको माहोल परिवर्तन भएको छ । माओवादी संघर्षको उद्गमस्थलका रुपमा लिइने रोल्पामा देउवा र भट्टराईले शक्ति प्रदर्शन गर्ने बताइएको छ ।

जहाँ माओवादी र एमालेको गठबन्धनबाट पूर्व अर्थमन्त्री वर्षमान पुन प्रतिनिधिसभा सदस्य उम्मेदवार छ । विहिबार काँग्रेसले रोल्पामा शक्ति प्रर्दशन गर्ने काँग्रेस जिल्ला सभापति एवं  सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ