arrow

डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
dadeldhura.png

डडेल्धुरा। डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ। डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल भने सामान्य रहेका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए।

दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भन्दै डडेल्धुराका स्थानीय तहलाई सुरक्षा संवेदनशीलताका आधारमा स्थानीय तहलाई दुई तहमा विभाजन गरेको छ।

जिल्ला सुरक्षा समितिले डडेल्धुराका सातवटा स्थानीय तहमध्ये सुरक्षा संवेदनशीलताका आधारमा चारवटा स्थानीय तहलाई संवेदनशील र तीनवटा स्थानीय तहलाई अति संवेदनशीलतामा विभाजन गरेको छ। जिल्लामा निर्वाचनका लागि थप सुरक्षा बल खटाइने जनाइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा मतदान गर्ने भएकाले पनि डडेल्धुरा जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मदतान केन्द्र रहेका छन्। डडेल्धुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नाका साथै म्यादी, जनपथ प्रहरी, सशस्त्र र नेपाली सेना खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ