arrow

रंगेली घटना : ‘एमाले नै मानव वध गर्ने कंश हो’

युवासंघको ज्यादती, केपी ओलीको गुण्डागर्दी : मण्डल

logo
चन्द्र धामी
प्रकाशित २०७२ माघ ८ शुक्रबार
morcha-new-photo.jpg.jpeg
काठमाडौं । मोरङको रंगेली र डायनिया घटनाक्रमबारे छानविन गर्न गठित छानविन समिति संयोजक तथा सत्तासिन दल एकिकृत माओवादी सांसद शिवकुमार मण्डलले एमाले नै ‘मानव वध गर्ने कश’ रहेको बताएका छन् । इलाका प्रहरी कार्याय रंगेलीमा तनाव मथ्थर गर्न बसेको सर्वपक्षीय बैठककैबीचबाट हाम्राकुरासंग संयोजक मण्डलले भने,‘मेरो पार्टी सरकारमा भए पनि एमाले रबैयाको घोर भत्र्सना गर्दछु ।’ तीन दलसंग वार्ता सुरु भएदेखि आन्दोलन शान्त भइसकेको थियो ।
 
पछिल्लो समय कुनै मानविय क्षति भएको थिएन । तर, संगेली रणसंग्रामको जिम्मेवार तथा मानव वध गर्ने कंश एमाले नै हो –मण्डलले भने । अनि, कार्यक्रम विथोल्ने मोर्चा चै के ? भन्ने सवालमा संयोजक मण्डलले लोकन्त्रमा सबैले अधिकारको माग गर्न पाउने भएकैले आन्दोलन, हड्ताल हुनु स्वभाविकै हो, तर आन्दोलन दबाउन अनेक प्रोपोगाण्डा र षड्यन्त्र गर्नु साम्प्रदायिकता भड्काउने शैली शिवाय अरु हुन सक्दैन ।  
पछिल्लो समय कुनै मानविय क्षति भएको थिएन । तर, संगेली रणसंग्रामको जिम्मेवार तथा मानव वध गर्ने कंश एमाले नै हो –मण्डलले भने ।
छानविनको जिम्मा पाउनु भा छ सरकारको पक्षबाट कुरा गर्नु हुन्छ, कि मधेसको पक्षबाट ?
यो वा त्यो भन्ने कुरै हुँदैन । म जनप्रतिनीधि हुँ । मेरो क्षेत्र यही हो । जसलाई सम्हाल्ने जिम्ममा मैले पाएको छु । जनताका आधारभूत एजेण्डालाई ध्यान दिएर वातावरण सुधार गर्ने काम गर्नेछु । सबै समुदायका नागरिक मेरा मतदाता हुन् । 
 
तपाईलाई नै रोक लगाउने भनेका मोर्चा कार्यकर्तालाई चै कसरी शान्त पार्नु हुन्छ ? 
मलाई कसैले केही भनेका छैनन् । म उहाँहरुसंगकै छलफलमा छु । मैले अपराध त गरेको छैन नी ! प्रवेश गर्न नदिने भन्ने कुरा होइन । विहिबारको घटनाले नागरिकलाई आतंकित बनाएको छ । वातावरण सहज छैन । निहत्था नागरिक बढी
आतंकित भएका छन् । स्वार्थ लिने दलहरुले के गरिरहेका छन्, मलाई थाहा छैन । आम नागरिकले मलाई सरल वातावरण बनाइदिएकै छन् । मलाई कुनै समस्या छैन । 
 
मलाई कसैले केही भनेका छैनन् । म उहाँहरुसंगकै छलफलमा छु । मैले अपराध त गरेको छैन नी ! प्रवेश गर्न नदिने भन्ने कुरा होइन । विहिबारको घटनाले नागरिकलाई आतंकित बनाएको छ । वातावरण सहज छैन । निहत्था नागरिक बढी
आतंकित भएका छन् ।
अनि घटना घटाउने को त ? 
घटना घटाउने हामी नै सहभागि भएको सरकार । मोर्चाको आन्दोलन जारी थियो भन्ने थाह हुँदा हुँदै किन हठपूर्ण ढंगले कार्यक्रम गर्न लगाईयो । यो सुनियोजित छ । एमालेको हठकै कारण घटना घटेको हो । युवासंघको ज्यादती नै मूल कारण हो । म सरकारमा भए पनि यस कुकर्मको भत्र्सना गर्छु । नियोजित छ । सामाजिक सद्भाव खल्वल्याउने र षड्यन्त्रमूलक छ । राजनीतिक रुपमा समस्या समाधान गर्नु पर्नेमा केपी ओलीले गुण्डागर्दी शैलीमा दमन गर्न खोजेका हुन् । 
 
को–को छन् सर्वपक्षीय बैठकमा ? 
इलाका प्रहरीका कार्यालय रंगेलीमा बसेको सर्वपक्षीय बैठकमा स्थानीय दलहरु, कांग्रेस, एकिकृत माओवादी, फोरम तथा प्रशासक, मानवअधिकार आयोग र इन्सेक प्रतिनीधि र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रंगेली संयोजक संकर प्रसाद शाह छन् । तर, एमाले प्रतिनीधि नदेखेको हाम्रा संवाददाताले बताएका छन् । 
  
यसैबीच, यसअघि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले गठन गरेको छानविन समितिलाई मधेसी मोर्चाले देखावटी भनेको थियो । मोर्चाको सहमतिबिना सरकारमा रहेका दललाई राखेर बनाइएको समिति नमान्ने मोर्चाका नेताहरूले बताए । यद्यपि, सर्वपक्षीय बैठक बसेकाले समस्या चाँडै समाधान हुने संयोजक मण्डलले हाम्राकुरालाई जानकारी दिए । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले एमाओवादी सभासद शिवकुमार मण्डलको संयोजकत्वमा कांग्रेस, एमालेलगायतका दल तथा पत्रकार महासंघलगायतका संस्थाका प्रतिनिधिसहितको छानविन समिति गठन गरेको थियो ।



नयाँ