काठमाडौं । युवा संघ नेपालले पत्रकार सम्मेलन गर्दै विहिबार भएको रंंगेली घटनालाई लिएर युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले पत्रकार सम्मेलनमा भने,‘एक महिनादेखि मधेस सम्वाद तथा जागरण कार्यक्रममा अन्तर्गत हिजो मोरुङको रंगेलीमा आयोजित कार्यक्रममा मोर्चाका कार्यकर्ताबाट कार्यक्रम विथोल्ने र हिसात्मक परिस्थिति सृजना गराएकामा मधेशी मोर्चाका कार्यकतालाई सरकारले तत्काल कार्हबाही गनुपर्ने बताए ।
पहारीको वकपत्र यस्तो छ
हामीले ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता’ भन्ने मुल नाराका साथ मधेस जागरण अभियान पुसदेखि नै शुरु गरेका थियौ । खास गरी मधेसका जनतालाई संविधानमा भएका कुरा बुझाउन र मधेसका अधिकारका बारेमा अभियान संचालन गरेका हौ । देशका २१ जिल्लाहरुमा त्यो अभियान जारी छ । र युवासंघका पदाधिकारीहरुलाई त्यो अभियानका क्रममा २१ जिल्लामा खटाइएको छ । त्यही जागरण अभियान अन्तर्गतको हिजो मोरङको रंगेलीमा युवासंघले सभा गरेको हो । मधेसी समुदायको अत्यधिक बाहुल्यता रहेको रंगेलीमा हामीले एक महिना पहिल्यै नै सभा गर्ने भनेर घोषणा गरेका थियौ । हामीले रंगेलीमा नै कार्यक्रम किन गर्यौ भने त्यस ठाउँका जनता धेरै मधेस समुदायका छन् र तिनीहरुलाई संविधान भएको अधिकारको बारेमा जानकारी गराउन कार्यक्रम गरेका हौ । तर दुर्भाग्य त्यही हाम्रो जनसभामा झडप हुँदा ३ जना अनाहकमा निर्दोषले ज्यान गुमाउनु पर्यो ।
दिउँसो १ बजेबाट कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने निश्चित भएपछि अन्तिम समयमा आएर उहाँ विशेष कारणले जान सक्नुभएन । काठमाडौमा नै मधेसी दलसंग वार्ता गर्ने भनेपछि सभामा उपस्थित हुन सक्नु भएन । महासचिव इश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र स्थायी कमिटी सदस्य शंकर पाखरेल सहभागि हुनु भएको थियो । कार्यक्रमस्थल जाँदा हामीलाई कटारीदेखि डायरीसम्म ठाँउ ठाँउमा अवरोध गरेका थिए । प्रहरीले हामीलाई अवरोध छिचोल्दै कार्यक्रमस्थल पुर्याएको थियो ।
हाम्रो कार्यक्रमलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २–४ दिनदेखि नै असफल बनाउन लागि परेका थिए । तर उनीहरुको असफल बनाउन सकेनन् । हिजो विहानदेखि नै उनीहरु हाम्रो कार्यक्रमलाई विथोल्न प्रयास गरिरहेका थिए । ठूलो प्रतिकुलका माझँ हाम्रो सभासम्पन्न भयो । हामीले १ बजे कार्यक्रम आयोजनाको समय राखेका थियौ । सवै पार्टी र नागरिक समाजलाई वोलाएका थियौ । तर मधेस केन्द्रीत दलबाट कोही आएनन । नागरिक समाजबाट भने आएका थिए ।
प्रहरीले हामीतिर आइरहेको भीडलाई नियन्त्रण लिन जवाफी फाइरिङ गरेको हो । त्यही फाइरिङमा ३ जनाको ज्यान गएको हो । त्यो घटना राजेन्द्र महतोले घटाएका हुन् । सम्पूर्ण घटनाको दोषी महतो हुन् । उनीले हाम्रो कार्यक्रममा गौर घटना घटाउँछु भन्दै थिए ।
हाम्रो कार्यक्रम स्थल भन्दा ५ सय मिटर पछाडि मधेसी मोर्चाले विरोध सभा राखेको थियो । बीचमा बसेर प्रहरीले सुरक्षा दिइरहेका थिए । हाम्रो कार्यक्रम सुरु हुनसाथ उनीहरु हुलदंगा गर्दै हामीतिर आउन खोजे । प्रहरीको हामी र उनीहरु बीचमा घेरा थियो। जव म बोल्ने थाले अनि मोर्चाका कार्यकर्ताले प्रहरीको घेरा तोडेर हामी तिर आउन थाले । अनि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोक्न खोज्दा उनीहरुबाट नै शुरुमा फाइरिङ भयो । अनि प्रहरीले हामीतिर आइरहेको भीडलाई नियन्त्रण लिन जवाफी फाइरिङ गरेको हो । त्यही फाइरिङमा ३ जनाको ज्यान गएको हो । त्यो घटना राजेन्द्र महतोले घटाएका हुन् । सम्पूर्ण घटनाको दोषी महतो हुन् । उनीले हाम्रो कार्यक्रममा गौर घटना घटाउँछु भन्दै थिए । हाम्रो चाहना कुनै पनि व्यक्ति पार्टीको विरोध गर्ने थिएन ।
प्रहरीले फाइरिङ गरेपछि जुन घटना भयो । त्यसपछि मोर्चा कार्यकर्ता देखिएनन। अनि हामीले आफ्नो सभा सुचारु गरयौ । हाम्रो कार्यक्रममा ७ हजारभन्दा बढिको उपस्थिति थियो । उनीहरु मुस्किलले २ सय थिए । यहि प्रहरीले फाइरिङ गरेर नरोकेको भए झन ठूलो घटना हुने थियो । प्रहरीले फाइरिङ गरेपछि उनीहरु आउन सकेनन् ।