arrow

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी कांग्रेसले नै लिन्छ : यादव

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
mah2.jpg

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार एवम खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै जनताको सम्बृद्धिको अभियान काँग्रेसले मात्र पूरा गर्न सक्ने विश्वास दिलाएका छन् ।

निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने मिथिला नगरपालिका वडा नं. १ मा घरदैलो कार्यक्रममा युवाहरुको शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नेपाली कांग्रेसले नै लिने वताए । कार्यक्रममा ४ ख प्रदेश सभा सदस्यका उम्मेदवार बाशुलाल महता  लगायत सयौं स्थानीयहरुको सहभागिता रहेको थियो ।     

साथै धनुषा निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसका प्रतिनीधि सभा सदस्यका लागि उम्मेदवार आनन्द प्रसाद ढुंगानाले प्रजातन्त्रमा जनताले आफ्नो कुरा आफै राख्न पाउने भएकोले प्रजातन्त्र बचाउ अभियानमा लागेकोले काँग्रेसको रुख छापमा मतदान गर्न सबैसँग आग्रह गरे ।

नेकपा एमाले र माओवादीले आपसी गठजोर गरेर प्रजातन्त्रलाई धरापमा पार्न षडयन्त्रपूर्वक बामगठबन्धन बनाएको उनले आरोप लगाउदै त्यस्ता गठबन्धनलाई निर्वाचन मार्फत काँग्रेसमा मतदान गरेर विफल पार्नुपर्ने बताए ।  निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको सवैला, मखनाहा, धनुषाधाम,रघुनाथपुरको जनतासंग कांग्रेसलाई विजयी बनाउन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ