मित्रसेन दाहाल भन्छन: जनमतबाट विपक्षी हार्ने भएपछि मनि र मसल्सले प्रभाव पार्न खोजिदैछ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
544
Shares
ओखलढुंगाको प्रदेश क का नेपाली काँग्रेसका उम्मेदवार मित्रसेन दाहाल निर्वाचन क्षेत्र घुमिसक्दा आफू जित्नेमा ढुक्क देखिएका छन्। निर्वाचन क्षेत्र घुमेर आफ्नो गाउँपालिका आइपुगेका दाहालले अब चुनावका लागि विपक्षीको मनि मसल्स सहितका अराजनीतिक हतकण्डा मात्र बाँकी रहेको बताए। दाहालले लोकतन्त्रवादीले नजित्दा के हुँने रहेछ भनेर राम्री बुझिसकेकाले त्यसको प्रतिवाद जनताले नैं गर्ने बताएका छन्। प्रस्तुत छ दाहालसँग गरिएको कुराकानीः
प्रश्नः चुनावी कार्यक्रमका क्रममा रगनीदेखि पोखरेसम्मको नागरिकको भेटघाट पछि के पाउनु भयो?
जवाफः निर्वाचन क्षेत्रका ३८ वडा मध्ये ३६ वडाका नागरिकसँग प्रत्यक्ष विकासको प्रचुर संभावना बोकेको विविधताले भरिएका गाउँ वस्ति र यहाँका नागरिकहरुले गरेको माया र सम्मानले मलाई यो मातृभूमिको विकासका धेरै संभावनाहरुलाई कोर्न सजिलो भएको छ। २०६४ साल देखि ओखलढुंगाको क्षेत्र नं. १ को नेतृत्व बामपन्थीहरुले गरेँ। यो अबधीमा नागरिकलाई राम्रैसँग जानकारी भएको रहेछ कि विकासका लागि बामपन्थीहरुको नेतृत्वले केही गर्न सकेन। नेपाली काँग्रेस र यसले पठाएको उमेरद्धारलाई विजय गराउनु हाम्रा सामु विकल्न छैन भन्ने आम मतादाताको भावना पाएको छु। गाउँ वस्तिमा अहिलेसम्म आधारभुत खानेपानी, विद्यालय, अस्पताल र सडकको अवस्था दयनीय रहेको मैले अनुभुति गरेको छु। घरघरमा वेरोजगारी उत्पादन गर्ने काम मात्र भएको देखियो। यो कुराले कम्युनिष्ट नेतृत्वप्रति विश्वास समाप्त भएको जनताले नै बताएका छन।
प्रश्नः तपाईसँग त्यस क्षेत्रका नागरिकहरुले के अपेक्षा गरेको पाउनु भयो?
जवाफः विगतमा ओखलढुंगाको निर्वाचन क्षेत्र नं. १ का नागरिकले स्वच्छ, इमान्दार, कर्तव्यनिष्ठ प्रतिनिधि नपाएको गुनासा राखेका छन। विगतमा काम भन्दा पनि कुरा धेर गर्नेहरु नेतृत्वमा पुगेका कारण गाउँ वस्तिको विकास हुन सकेन भन्ने भनाइ सुनियो। उनीहरुले खोजेको विकासका हरेक वडामा १ वटा परियोजना सञ्चालन गर्न, आवश्यकता र परिवेश अनुसार कही बहुपरियोजना सञ्चालन गर्ने सरकारी, सार्वजनीक र निजी साझेदारीबाट भरपर्दो योजना ल्याउन सकिन्छ। मैले नेपाली काँग्रेसको प्रतिवद्धता पत्रमा पनि केही विषय उठान गरेको छु। थप छलफलबाट पनि अरु निर्णयमा पुग्न सकिन्छ। मैले अघि सारेका कार्यक्रम नागरिक रुचाएका छन। मलाई निर्वाचित गरेर जिम्मेवारी दिए उहाँहरुका विचमा बसेर कार्यन्वयनको कार्ययोजना बनाएर काम गर्न सकिन्छ। जहाँ सडक, खानेपानी, विद्यालय र अस्पतालहरुको सुधारका काम २ बर्षमा नै गर्न सकिन्छ। म निर्वाचित भए पनि नभए पनि नागरिकको घरदैलो र विकासका काम भरपर्दो गरि लागि रहनेछु।
प्रश्नः तपाईले निर्वाचन जित्ने आधार के के हुन ?
जवाफः कुरा त मतदाताको चाहना नै हो। उहाँहरुले मलाई आफूले चाहेको जस्तो उमेरद्धार पाएको भनेर खुशी व्यक्त गरिरहनुभएको छ। किनकी मतदाताहरुले अराजनीतिक व्यक्तिका, तडकभडक र गुण्डागर्दीको राजनिति चाहेका छैनन्। चाहदैनन् पनि। गाउँ गाउँमा नागरिकहरु मेरो उमेरद्धारीका कारण खुशी छन् निर्विबाद रुपमा मतदान गर्ने दिनको पर्खाइमा छन। अहिले २१ औं शताब्दीमा मतादाताहरु उमेरद्धारको व्यक्तित्वलाई गहिरो अध्ययन गरेर सुझबुझपूर्ण मतदानको पक्षमा छन्। नेपालीहरुले कन्यादान र मतदान गर्दा धर्म र संस्कारलाई शिरमा राखेर सोचेर विचार पुर्याएर मात्र गर्छन्। यसमा मेरो विश्वास डगमगाएको छैन। नेपाली काँग्रेसका सबै नेता तथा कार्यकर्ताले २०६४ र २०७० निर्वाचन पछि आफ्नो प्रतिनिधि नहुदाँ के समस्य भोग्नु पर्दछ भन्ने राम्री बुझ्नुभएको छ। नेपाली काँग्रेसको सान र मान जोगाउन सबै पक्ष निर्वाचनमा काँग्रेस जिताउन लागि परेका छन्। अहिलेसम्म काँग्रेसका प्रतिनिधिहरुले गरेको क्रियाकलापहरुबाट मतादाता काँग्रेस र लोकतन्त्रलाई बचाउन बामगठबन्धनसँग जस्तो सुकै मुल्य चुकाउन तयार छन। यस्त प्रसस्तै आधारहरु खडा भएका छन जस्ले गर्दा निर्वाचन मेरो जीत सुनिश्चित छ ।
प्रश्नः तपाईलाई निर्वाचन जित्न के के चुनौति देख्नु भएको छ ?
जवाफः हो तपाई भने जस्तै केही चुनौतीहरु पनि नभएका हैनन्। विपक्षी कम्युनिष्ट गठबन्धनका उमेरद्धार छनौट गर्दा नै पैसाको बलमा गरिएको छ। मैले सुनेको छु, पैसा ओछ्याएर भए पनि निर्वाचन जित्ने। पैसाको बलमा धावा बोलेको, कतिपय स्थानमा बुथ कब्जा गर्ने, मतादाताहरुलाई डर, धाक, धम्कीमा पार्ने र मतदाता र मतादेश आफ्नो पक्षमा लिने। यदी त्यसो भयो भने नेपाली काँग्रेसका मतदाता, कार्यकर्ता र नेताको इतिहास कति स्वभिमानी छ विपक्षीहरुलाई पनि राम्ररी थाहा छ। त्यसको प्रतिबाद कसरी गर्नुपर्दछ प्रत्येक मतदाता तयार हुनुहुन्छ। मतदाता पनि पैसा बाड्नेको पैसा खाइदिएर मत आफूले मनले खाएको व्यक्तिलाई दिनेमा सहमत देखियो। हामीले भनेका छौ हामी हारौ वा जितौं त्यो गौण विषय हो तर मतादेशको दुरुपायोग हुने अवस्था सृजना भयो भने त्यो लोकतन्त्र हुँदैन। लोकतन्त्र खतरामा पर्ने अवस्था ओखलढुंगाली जनताका लागि हिजो पनि सह्य भएन र आज पनि हुँदैन। हामी यस्ता विषयमा सजग रहन संवन्धित निकायलाई विनम्रतापूर्वक भनेका छौ। यदि त्यस्तो अवस्था आयो भने जिम्मेवार निकाय र विपक्षी सबैले बुझे हुन्छ हामी छोड्नेवाला छैनौं। हाम्री मतादाता र कार्यकर्ताको सुरक्षा गर्न तयार छौं मतदातालाई निर्धक्क भएर मतदान गर्न नपाए जुनसुकै कुराका लागि तयार हुन भनेका छौं त्यसको जिम्मा हामी उम्मेदवार र पार्टीले लिनेछौं।