- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । जिल्ला निर्वाचन कार्यालय बाजुराले शुक्रबार र शनिबार मतदाता परिचय पत्र वितरण गदैँछ । कार्यालयले आइतबार हुने निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।
कार्यालय स्थानिय निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा नयाँ मतदाताहरुको परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले बताएका छन् । यस्तै भदौँ ५ गते १८ बर्ष पुरा गरका एवंम नामावली सच्याउन र सार्ने निवेदन दिएकाले पनि आज र भोली मतदाता परिचयपत्र लिन सक्नेछन् ।
साथै स्थानिय तहको निर्वाचनमा मतदाता परिचयपत्र लिईसकेकाले भने त्यही परिचयपत्रको आधारमा मतदान गर्न पाउने उनले बताए । परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने भएको छ । त्यसका लागि मतदाता आफैँ जानुपर्ने छ । मतदाता परिचयपत्र लिन आफैँ जान नसक्ने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था निर्वाचन कार्यालयले गरेको छ ।