arrow

अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिए पछि लमजुङको कुसुमकर मावी मतदान केन्द्रमा मतदान स्थगित

पृथ्वी सुव्वा आएसँगै मतदान अधिकृतले ह्ताक्षर नगरि दिन थाले मतपत्र

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
lamjung-district.png

काठमाडौं । लमजुङको मध्य नेपाल नगरपालिका कुसुमकर मावी मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर विनाको मतपत्रमा मतदान भइरहेको भेटिए पछि मतदान स्थगित भएको त्यहाबाट पत्रकार प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगसँग संमन्वय भइरहेको र चाडै मतदान प्रकृया सुरु गर्ने  तयारी भइरहेको छ ।

वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्वार पृथ्वी सुब्बा गुरुङ मतदान अनुगमन भन्दै मतदान केन्द्रमा घण्टौ बसेको र उनी बसेसँगै मतदान अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिएका पछि स्थानियले त्यसको विरोध गरेका थिए । विरोधसँगै तत्काल मतदान स्थगित भएको थियो ।

पृथ्वी सुव्वाले मतदान अधिकृतलाई प्रभावित पारि हस्ताक्षर नगरेको मतपत्र दिन थालेपछि अन्य दलका कार्यकर्ता र मतदाताहरुले त्यसको विरोध जनाएका थिए। 

प्रमाण सहित अन्य दलका कार्यकर्ताहरुले विरोध गरेपछि पृथ्वीलाई त्यहाँबाट वाहिर पठाइएको थियो।

काँग्रेस समर्थित मतदाताको मतपत्रमा हस्ताक्षर नगरि मतपत्र दिइएको काँग्रेसको आरोप छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ