- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । माओवादी नेता एवं गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्नो जीत शतप्रतिशत सुनिश्चित रहेको बताएका छन् ।
मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘शत प्रतिशत जित सुनिश्चित छ । यदी सय भन्दा माथि हुन्छ भन्न मिल्छ भने त्यो पनि हुन सक्छ ।’
वैधानिक रुपमा जिम्मेवारी पाउने कुराले आफु खुसी रहेको समेत उनले बताए । उनले भने, ‘म मतदानबारे टिप्पणी गर्न चाहन्न । हामीले जनतालाई वास्तविक लाभ दिन खोजेका छौँ । त्यसलाई मतदाताले राम्ररी बुझेका छन् ।’
उनले परिवर्तनका लागि वलिदानी दिने र संघर्षको नेतृत्व गर्नेहरुले मात्रै बाँकी कार्यभार पूरा गर्न सक्ने भन्दै उनले आफुहरुको वाम गठबन्धनको जित आवश्यक रहेको बताए ।
मतदानमा जनता उत्सुक देखिएको बताउँदै उनले भनेका छन्, ‘केही केही कुरामा व्यवहारिक पक्ष मिलाउनु पर्ने आवश्यकता देखियो । जस्तो मतदानका दिन सवारी साधन बन्द हुने रहेछ । वृद्धवृद्धा, अशक्तहरु सजिलै मतदान केन्द्रसम्म आउने व्यवस्था हुन सकेन ।’
श्रेष्ठलाई पहिले दुई पटक संविधानसभा सदस्य भएका र प्रधानमन्त्री समेत भइसकेका बाबुराम भट्टराईको चुनौती छ । भट्टराईलाई काँग्रेसको साथ छ ।
पूर्वसहकर्मीहरु भएकाले यो भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ । विगतमा दुवै एउटै पार्टीमा रहेका भट्टराईले अहिले भिन्न बाटोबाट राजनीतिमा छन् ।