काठमाडौं । सन् १९९३ पछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो समय नेपाली फुटबलमाथि लागेको कालो बादल हटाई छाड्यो । त्यति मात्र नभई अन्तर्राष्ट्रिय खेल मिलेमतोले नेपाली फुटबलप्रति सिर्जित निराशा आशा र भरोसामा बदलिदिएको छ । बंगलादेशको ढाकामा नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि इतिहास रच्दै बंगबन्धु गोल्डकपको उपाधि उचाल्यो । नेपाली फुटबल व्यवस्थापनको हविगतले पलाएका सबै खाले अविश्वास, शंका र निराशा नेपाली राष्ट्रिय फुटबल टोलीले चिरीदिएको छ । मेहनत, इमान्दारिता, समन्वयले एउटा टिमलाई चलायमान बनाउन सकिन्छ र सफलताको सिढी चढ्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै नेपाली फुटबल टिमले नेपाली राजनीतिक नेतृत्वलाई समेत एकताको सन्देश दिएको छ । निधेषको राजनीतिबीच नेपाली फुटबल एक उदयीमान क्रान्तिकारी भएर निस्क्यो ।
स्वार्थगत राजनीति होस् वा ठाउँ ओगट्ने परम्परागत खेल व्यवस्थापन, त्यसको अन्त्य हुनु पर्ने र नयाँ तथा प्रतिभावानहरुलाई ठाउँ दिनुपर्ने उदाहरण बंगबन्धु गोल्डकप च्याम्पियन नेपाली टोलिले प्रस्तुत गरेको छ । शुक्रबार ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समर्थकले गुन्जयमान वातावरणमा नेपाल इतिहास रच्न सफल भयो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उपस्थित फाइनल भिडन्तमा कडा प्रतिस्पर्धाबीच नेपाली टोलीले उपाधि हात पारेरै छाड्यो । अन्ततः आयोजक वंगलादेश निराश रहयो र विजेता नेपालाई प्रधानमन्त्रीले ट्रफी हस्तान्त्रण गरको दृश्य नियाली रहयो । यो प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो ।
फाइनलमा नेपालले बलियो तथा ओलम्पिक टोली बहराइनको यू–२३ लाई गोल गर्न दिएन । ३–० सुन्दर जित निकाल्यो । नेपालको सफताका लागि विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे । खेलको चौथो मिनेटमा गोल गर्दै विमलले नेपाललाई सुरुवाती अग्रता दिलाए । ८७औं मिनेटमा विशालले राईले गोल गर्दा इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले एक गोल थपे । अञ्जन विष्टको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडमार्फत गोल गरे र नेपालको जित सुनिश्चत गरे ।
नवयुगले सेमिफाइनलमा प्रतियोगिता भरीकै ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड बनाए । उनलाई बंगबन्धुमा गोल्डेन ब्वाइ पनि भनियो । माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेपछि नेपाल ४–१ ले विजयी भएको थियो । यदी नेपालले उक्त एउटा गोल नखाएको भए प्रतियोगितामा गोल नखाएरै उपाधि जितेको नयाँ इतिकास समेत रच्ने थियो । कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलको हैसियत एक कदम माथि उठेको छ । स्तर वृद्धि भएको मूल्याङ्कन भइरहेको छ । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेकामा प्रतिद्वन्द्वी बहराइनले आयोजक बंगलादेशमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
अपराजित रहँदै उपाधि जितेको नेपालले समूह चरणमा मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा जमात लिएर बंगलादेश पुगेको नेपालले आफ्नो फुटबल इतिहासमा तेस्रो पल्ट उपाधि जित्यो । नेपाली फुटबल इतिहासमा सन् १९८४ साफ गेम्स र सन् १९९३ को सागमा उपाधि जितेबाहेक नेपालले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलोपटक हो । नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको समेत यो पहिलो पल्ट थियो ।
नेपाललाई अझै बहराइनको राष्ट्रिय टोलीसंग खेल्न अवसर जुरेको छैन । सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको मैत्रीपूर्ण खेलमा बहराइनको यू–२३ टोलीसंगै ३–० को हार बेहोरेको थियो । नेपालले सोही हारको बदला भने लिएको छ । ३–० विरुद्ध ३–० नै रहयो ।
बंगबन्धुको ट्रफि उचालेसंगै नेपाल ५० हजार डलर (५४ लाख २० हजार) को पुरस्कार राशि जित्न सफल भयो । राष्ट्रिय खेलकुद परिषदले विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई दुई लाख रुपैंया प्रदान गर्ने घोषणा गरेको छ । यस्तै, अखिल नेपाल फुटबलसंघ एन्फाले जनही पाँच लाख दिने घोषणा गरेको छ । बहराइनले उप–विजेताका रूपमा २५ हजार डलरमा चित्त बुझाएको छ ।
आक्रामक खेल
तीव्र गतिमा चलेको फाइनल भिडन्तमा दुबै टोली निकै आक्रामक देखिए । सुरुवातमै नेपालले गोल गरेपछी बहराइन शारीरिक रूपमा अत्याधिक आक्रामक देखियो । बहराइले पछी बल आफ्नो नियन्त्रमा लियो । यद्यपि, त्यसलाई अन्त्यसम्म जोगाउन सेकन । नेपाली खेलाडी चोटबाटै गुज्रिए पनि हार खाएनन् । खेलको मध्यान्तरपछी नेपालका सुमन लामा र बहराइनका अहमद ठोक्एिर लडे । आफु लडेपछि बहराइनका अहमदले सुमनलाई तानेरै लडाए । दुबैलाई रेफ्रिले रातो कार्ड देखाएपछि मैदानबाट बाहिरिए । त्यसपछि दुबै टोली दश जनामा सिमित भए ।
खेलको अन्त्यतिर बहराइन नौ खेलाडी र नेपाल दश खेलाडीमा सीमित रहयो । नेपालका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । नेपाली डिफेन्सको प्रदर्शन समेत सुखद रहयो । खेलाडी लडेपछि दुई पटकसम्म मैदानमा भनाभन् भयो । यद्यपि, नेपालको सुन्दर जितलाई सामान्य विवादले कुनै असर गरेन । अन्तर्राष्ट्रिय खेल मिलामतो प्रकरण र नेतृत्व तहमा रहकैमाथिको फिफा प्रतिबन्धले ओरालो लागेको नेपाली फुटबलले लामो समयपछि यो सफलताको लय लियो । ‘अन्डर डग’ को उपमा पाएको नेपाल खेलमिलेमतो र प्रतिबन्धबीच पछिल्लो समय फिफा बरीयतामा दक्षिण एसियाली सुचीको पुछारमा छ ।
विमलको कमाल
विमल घर्तिमगरले खेलको सुरुआतमै गोल गरे । टोलीको हौसला बढाए । कप्तान विराज महर्जनले निकालेको क्रसमा नवयुग श्रेष्ठले गरेको हेड बहराइनका गोलरक्षकले बचाएकै स्थितिमा निस्केको रि–बाउन्डलाई विमलले कर्नर मिलाएर सजिलै क्रस गरे । यो नै फाइनल खेलको उत्कृष्ठ प्रहार थियो । जुन विमलको व्यक्तिगत चौथो गोल थियो । बहराइनको ओलम्पिक टिम रहेकाले गोल राष्ट्रिय टिमको तथ्यांकमा गणना हुने छैन । प्रतियोगिताकै समूह चरणमा विमलले श्रीलंकाविरुद्ध गोल गर्दै ११औं साफ च्याम्पियनसिपमा बेहोरेको हारको बदला लिएका थिए । विमलले पाकिस्तान र भारतविरुद्धसमेत गोल गरिसकेका छन् । विशाल राईको प्रतियोगितामा व्यक्तिगत दोस्रो गोल गरे । यसअभि विशालले
माल्दिभ्सविरुद्ध समेत गोल गरेका थिए । नवयुगको गोल समेत जित अन्तरका लागि निकै निर्णायक रहयो । सेमिफाइनलको ह्याट्रिकमा नवयुगले अर्को उपहार पस्किए ।
के थियो विगत ?
नेपाली फुटबल इतिहासमा हाल सम्म सबैभन्दा ठूलो सफलता सन् १९८४ को तत्कालिन साफ गेम्स र सन् १९९३ को दक्षिण एसियाली खेलकुद सागमा फुटबलतर्फ स्वर्ण जित्नु नै हो । यी दुई सफलता काठमाडौं र ढाकाको बंगबन्धु रंगशालामै प्राप्त भए । ढाकामै भएको बंगबन्धुताका नेपाली टोलीमा प्रमुख आकषर्ण थिए स्टार उपेन्द्रमान सिंह । जो अहिले राष्ट्रिय टिमका गोलरक्षकको प्रशिक्षक छन् ।
सन् १९८४मा काठमाडौंमा भएको साफ गेम्समा नेपालले एउटै प्रतियोगितामा मालदिभ्सलाई ४–० को अन्तरले २ पटक पराजित गरेको रेकर्ड छ । सो प्रतियोगितामा फुटबल तर्फको स्वर्ण नेपालले हात पारेको थियो ।
मालदिभ्सविरुद्धको खेलमा नेपालको ठुलो जित अन्तर ४–०को रहेको छ । सन् २००८मा भएको साफ चयाम्पियनसिपमा माल्दिभ्सले नेपाललाई ४–१ ले पराजित गरेको थियो ।
यस्तै, सन् १९९३ को फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । वर्तमान राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन समेत उक्त स्वर्ण पदक विजेता टोलीमा सामेल थिए । त्यसपछि प्रशिक्षक महर्जनको बंगबन्धु उपाधि करिअरकै महत्वपूर्ण सफलता हो । उनको कुशलताको उचाई अझ बढेको छ ।