arrow

मुलुककै जेठो विराटनगर ‘जुट मिल्स’ चल्यो, एकै पटक ८५ जना रोजगार

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ मंसिर १० आइतबार
biratnagar-jute-mill.jpg

विराटनगर । मुलुककै  जेठो उद्योग विराटनगर जुट मिल्स आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापन समितिले करिब ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो ।

२०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द रहेको थियो । नयाँ व्यवस्थापनले मिल्सलाई पूर्ण रुपमा आईपी सिस्टमको सीसी क्यामराको निगरानीमा राखेर सञ्चालन गरेको छ ।

मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए । विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काप्mलेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरा मात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिल मध्ये पहिलो चरणमा उद्योग पूरानो मिल्सलाई सञ्चालनमा ल्याएका छ ।

३ करोडको लागतमा एउटा मिल्स सञ्चालन भएको छ र थप २ करोड पुँजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिल्स पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको मिल सञ्चालक समितिका अध्यक्ष काफलले जानकारी दिए ।

आइतबारबाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन उत्पादन गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । २०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐन अनुसार मिल्सले नयॉ व्यवस्थापन पाएको छ ।

नयाँ व्यवस्थापनले आफ्नो अनुकुल मिल्स सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशत बनाएको छ ।

व्यवस्थापनले मिलको पुँजी वृद्धीका लागि यस अघि २५ हजार कित्ता सेयर विक्री गरको थियो । मिल सञ्चालक समितिका अनुसार प्रति कित्ता १ सय ६० रुपैयॉको दरमा बिक्री हुँदा ४० लाख पुँजी वृद्धि भएको छ ।

मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ । यसअघि मिल्स सञ्चालनका लागि सरकारबाट पटक पटक गरी ल्याएको १ सय १३ करोड ऋण तिर्न बाँकी रहेको थियो ।

सरकारले यस अघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो । तर, केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउदै विलसन कम्पनी भारत फर्केपछि २०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा मिल बन्द अवस्थामा रहेको थियो । विक्रम संवत १९९३ मा स्थापना भएको जुट मिल स्थापना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ