arrow

वाम एकताका नाउमा देशलाई एकदलीय तानाशाही व्यवस्थामा लैजाने षड्यन्त्र भो : कमल थापा

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
kamal-thapa-new.jpeg

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वाम गठबन्धनका नाममा मुलुकलाई एक दलीय तानाशाही व्यवस्थामा लैजाने षडयन्त्र भएको बताएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–४ को अत्तरियाबजारमा आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले पहिलो चरणको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै वाम गठबन्धनका नाममा मुलुकलाई एक दलीय तानाशाही व्यवस्थामा लैजाने षडयन्त्र भइरहेको छ, भनेका हुन् ।

उनले भने, ‘सोच विचार गरेर लोकतन्त्र पक्षधरलाई साथ दिनुस् ।’ उपप्रधान एवं ऊर्जामन्त्री समेत रहेका थापाले प्रजातन्त्र र राष्ट्रियताको संरक्षण एंव मुलुकको सम्रग विकासका लागि काँग्रेस र राप्रपाले एक ठाउँमा उभिएर चुनावी गठबन्धन बनाएको सुनाए ।

उनले अगाडि भने, “प्रजातन्त्र प्रतिको प्रतिबद्धता, संविधान प्रतिको निष्ठा र राष्ट्रियताको संरक्षणको सवालमा दुई पार्टी अहिले एक ठाउँमा आएर चुनावी गठबन्धन बनाएको हो ।”

यस्तै, काँग्रेसका नेता बालकृष्ण खाँणले मुलुकलाई जोगाउनका लागि काँँग्रेसलाई विजयी आह्वान गरे । चुनावी सभामा राप्रपा महामन्त्री चन्द्रबहादुर गुरुङ, कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलकुमार भण्डारी, निर्वाचन क्षेत्र नम्बर ५ की उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा र प्रदेशसभा सदस्य उम्मेदवार हिरादत्त भट्ट लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ