arrow

'तपाई सोच्नु होला, लेखपढ गरेकी छ, जान्ने बुझ्ने छ तर महिनावारी हुँदा भोग्ने पीडा सबै महिलाको उस्तै हो'

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
arju2.png

धनगढी ।  मैले बिहे गरेर सुदूरपश्चिम आएको २५ वर्ष भयो । हाम्रो समाजमा महिलाले जहाँ विहे गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरु जो सुदूरपश्चिमबाट बाहिरबाट बिहे गर्नु भएको छ, घरका जहान परिवारलाई टुरिस्ट नभन्नु होला । म सुदूरपश्चिमको नभएर कहाँको हुँ !तपाई सोच्नु होला, लेखपढ गरेकी छ, जान्ने बुझ्ने छ । यसलाई त आनन्द होला । तर, महिनावारी हुँदा भोग्ने पीडा सबै महिलाको उस्तै हो । बच्चा पाउँदा हुने गाह्रो सबैको उस्तै हो । महिला दिदीबहिनीका पीडा मैले बुझ्छु । उनीहरुका लागि म काम गर्छु । 

आमालाई जति छोराछोरीको माया कसलाई लाग्ला ? मेरो पनि एउटा छोरा विदेशमा छ, उसलाई दिनमा दुई-तीन पटक मेसेज नगरी खाना खान मन लाग्दैन् । कयौ छोराछोरी रोजगारीका लागि विदेशमा छन् । छोराछोरी विदेशमा हुँदा आमालाई हुने पीडा मलाई थाहा छ । त्यसैले यही रोजागरीको व्यवस्था गर्छु । कैलाली ५ बाट प्रतिनिधि सभा उम्मेदवार डा.आरजू राणा देउवाले यहाँका बिभिन्न चुनावी सभाहरुमा माथिका यि भनाई राख्दा महिलाहरुले गडगड ताली बजाए । आफ्ना पीडाका बारेमा बोलिरहदा भावुक मात्रै भएनन्, मुस्किलले आँसु थामेका देखिन्थे । डा.राणाले चुनावी अभियानमा महिलाका पक्षमा बोलिरहेका यस्तै भनाइले यहाँ महिलाहरुको चित्त बुझाएको छ । उनले गरिरहेको विकास निर्माणका कामले पनि महिलाहरुलाई उनीप्रति आशावादी बनाएको छ । उनका विचारप्रति यस क्षेत्रका महिलाहरु आकर्षित हुन थालेका छन् । 

‘हिमाञ्चल र पञ्जाब विश्वविद्यालयमा पढ्दा बिभिन्न देशका विद्यार्थी थिए । मैले सबैलाई जितेर टप भएकी छु । मलाई मत दिनुस्, म कुनै पनि पुरुष भन्दा राम्रोसँग काम गर्नेछु । म पुरुष भन्दा कमजोर छैन, उनीभन्दा दश गुणाबढी काम गर्नसक्छु’ डा.राणाले घोर्सुवामा आयोजित चुनावीमा सभामा यस्तो बोल्दा महिलाहरुले गडगड ताली बजाए । यस अघि विशालनगर, पुरानो एयरपोर्ट रोड, शिवनगर, कृष्ण मन्दिर, चटकपुर, भन्सार रोड होस की टाढाको फूलबारी उनले भाषण गर्दा महिलाले गडगड तालीमा ताली बजाए । उनले महिलाका बारेमा बोल्ने कुराले मात्रै होइन, उनले गरेका कामले पनि महिलाका लागि डा.राणा आकर्षण बनेकी छन् । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ