arrow

निधि स्वस्थ्य, जनकपुर उत्रेपछि भने, ‘महतोजीको उम्मेदवारीले चिन्ता छैन’

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
bimalendra-nidhi.jpg

जनकपुर । स्वास्थ्यलाभपछि जनकपुर पुगेका नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधिले प्रतिस्पर्धी राजेन्द्र महतोको उम्मेदवारीले आफूलाई कुनै चिन्ता नपारेको बताएका छन् । 

जनकपुरमा उनको भव्य स्वागत भएको छ। उनलाई लिनका लागि कार्यकर्ता विशाल जुलुससहित विमानस्थल पुगेका थिए। अस्पताल भर्ना भएर उपचार गराएका निधि केही दिन काठमाडौैमा आराम गरेर बुधबार जनकपुर फर्केका हुन्।

बुधबारदेखि नै निधिले चुनावी अभियानलाई तीव्र बनाएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट निधी कांग्रेसका उम्मेदवार छन्। त्यही क्षेत्रबाट मधेस गठबन्धनका राजेन्द्र महतो उम्मेदवार छन्।

कांग्रेस नेता निधिले आफू मधेस, मधेस आन्दोलन र प्रमुख दलहरुको ‘मध्यस्थकर्ता’का रुपमा काम गरेकोले आफ्नो जित निश्चित भएको बताएका छन्।

मधेस मुद्दालाई स्थापित र सम्बोधन गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले भने, मधेस मुद्दामा लडिरहेको मविरुद्ध (राजेन्द्र महतोको) उम्मेदवारी नपर्नु पर्ने हो । तर, मलाई कुनै चिन्ता छैन ।’

निधिले महतो आफ्नै जिल्लामा कमजोर भएपछि आफ्नो क्षेत्रमा चुनाव लड्न आएको उल्लेख गर्दै निधिले आफ्नो जितमा शंका नगर्न आग्रह गरे। निधिले धनुषासँगै प्रदेश २ मा नै कांग्रेसले बहुमत सिट जित्ने दाबीसमेत गरेका छन् ।

संजय शाहलगायतका समूहरुले पनि निधिलाई समर्थन गरेपछि निधिको अवस्था थप बलियो बन्दै गएको विश्लेषण स्थानीय मतदाताले गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ