arrow

एमालेको गल्ती सच्याउने जिम्मेवारी मतदाताको काँधमा : सिटौला

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
krishna-prasad-sitoula.jpg.jpeg

झापा । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तन संस्थागत भइ नसकेकोले नेपाली कांग्रेसको नेतृत्व आवश्यक परेको बताएका छन् ।

    चुनावी अभियान अन्र्तगत भद्रपुर नगरका विभिन्न टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधान पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन नेपाली कांग्रेसको नेतृत्व जरुरी भएको बताएका हुन् ।

    परिवर्तनका लागि हरेक पटक संघर्षको नेतृत्व गरेको नेपाली कांग्रेसलाई पाखा लगाउन सहयोगी शक्तिको दुरुपयोग गरी विरोधीले विगतदेखि नै परिवर्तनका मुद्धाले हराउने गरेको स्मरण गर्दै नेता सिटौलाले परिवर्तनका पक्षधरले विरोधीलाई सहयोग गरेर उपलब्धी गुमाउनु नहुने उल्लेख गरे ।

उनले झापा क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले परिवर्तकारी शक्तिका विरुद्ध परिवर्तनका विरोधीलाई समर्थन गरेर भुल गर्न लागेकोले त्यसलाई सच्याउने जिम्मेवारी आम मतदाताको काँधमा आएको जनाए । हिजो लोकतान्त्रिक गणतन्त्रको लागि नेतृत्व गरी बृहद् शान्ति सम्झौता गराएर देशमा आमूल राजनीतिक परिवर्तनको बाटो बनाइ दिने नेपाली कांग्रेस विरुद्ध गणतन्त्र र संघीयता विरोधीलाई शिर उठाउने अवस्था निर्माण हुनु व्यवस्थामाथि नै अन्यायको संकेत भएको प्रष्ट पारे ।

अब आम परिवर्तनका पक्षधर नागरिक जागरुप भएर गणतन्त्र बिरोधी राप्रपाका उम्मेद्वारको विपक्षमा खडा हुने दिन आइ सकेको समेत जनाए । उनले व्यवस्था संस्थागत हुने वातावरण बने सम्बृद्धिको बाटोमा लाग्न समय कुर्न नपर्ने दिन आइसकेको स्पष्ट पारे ।
झापा । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तन संस्थागत भइ नसकेकोले नेपाली कांग्रेसको नेतृत्व आवश्यक परेको बताएका छन् ।

    चुनावी अभियान अन्र्तगत भद्रपुर नगरका विभिन्न टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधान पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन नेपाली कांग्रेसको नेतृत्व जरुरी भएको बताएका हुन् ।

    परिवर्तनका लागि हरेक पटक संघर्षको नेतृत्व गरेको नेपाली कांग्रेसलाई पाखा लगाउन सहयोगी शक्तिको दुरुपयोग गरी विरोधीले विगतदेखि नै परिवर्तनका मुद्धाले हराउने गरेको स्मरण गर्दै नेता सिटौलाले परिवर्तनका पक्षधरले विरोधीलाई सहयोग गरेर उपलब्धी गुमाउनु नहुने उल्लेख गरे ।

उनले झापा क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले परिवर्तकारी शक्तिका विरुद्ध परिवर्तनका विरोधीलाई समर्थन गरेर भुल गर्न लागेकोले त्यसलाई सच्याउने जिम्मेवारी आम मतदाताको काँधमा आएको जनाए । हिजो लोकतान्त्रिक गणतन्त्रको लागि नेतृत्व गरी बृहद् शान्ति सम्झौता गराएर देशमा आमूल राजनीतिक परिवर्तनको बाटो बनाइ दिने नेपाली कांग्रेस विरुद्ध गणतन्त्र र संघीयता विरोधीलाई शिर उठाउने अवस्था निर्माण हुनु व्यवस्थामाथि नै अन्यायको संकेत भएको प्रष्ट पारे ।

अब आम परिवर्तनका पक्षधर नागरिक जागरुप भएर गणतन्त्र बिरोधी राप्रपाका उम्मेदवारको विपक्षमा खडा हुने दिन आइ सकेको समेत जनाए । उनले व्यवस्था संस्थागत हुने वातावरण बने सम्बृद्धिको बाटोमा लाग्न समय कुर्न नपर्ने दिन आइसकेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ