arrow

विद्यालय छात्रबासमा आतङ्ककारी आक्रमण, नौ विद्यार्थीको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
siryacarbombattack.jpg.jpeg

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा शुक्रबार बिहान विद्यालयको छात्रवासमा एक आतङ्ककारी आक्रमण भएको छ । 

यस आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका उर्दृ टेलिभिजन च्यानल एआरवाईले जानकारी दिएको छ । 

पेशावरमा रहेको एग्रीकल्चर युनिभरसिटीको छात्रवासमा अज्ञात व्यक्तिले बन्दुक हमला गरेका थिए । त्यहाँ रहेका कर्मचारी र विद्यार्थी मारिएका हुन् । 

उनीहरुमाथि भएको सो आक्रमणबाट केही विद्यार्थी र कर्मचारी मारिएका हुन् । 

यस आक्रमणमा मारिएका व्यक्तिको शवलाई पेसावरस्थित हयाताबाद मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा ल्याइएको पुष्टि भएको छ । 

यसैबीच प्राप्त पछिल्लो एक समाचारअनुसार यस आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिक इ तालिबानले जिम्मेवारी पनि लिएको छ । 

सो जानकारी डन न्युजले अपरान्ह दिएको समाचारमा जनाइएको छ । सिन्हवा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ