arrow

दृष्टिविहिन मतदाता भन्छन् : रोजेको उम्मेदवारलाई भोट हाल्नै पाइँदैन

logo
राजेन्द्र विक्रम शाही,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
bl_news.jpg

सुर्खेत । सुर्खेतका दृष्टिविहिन मतदाताले आफुले रोजेको उम्मेदवारलारई भोट हाल्न नपाएकोे गुनासो गरेका छन् । यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा आफुले रोजेको उम्मेदवारलाई भोट हाल्न नपाएको उनीहरुको गुनासो छ ।

हाम्राकुरा डटकम अनलाईनले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको मतदाता शिक्षा सम्बन्धि अन्र्तक्रियामा सहभागि दृष्टि कमजोर भएका व्यक्तिहरुले परिवारका सदस्यको रोजाईको दल वा उम्मेदवारको पक्षमा मतदान हुने गरेको बताएका हुन् ।

आफुलाई सहयोगिले नै झुक्काएर भोट हाल्दा आफुहलाई पूर्णंरुपमा मतदानवाट वञ्चित गरिए सरह भएको उनीहरुको दुखेसो छ ।

कार्यक्रममा नेत्रहिन संघ सुर्खेतका सचिव सोमना खड्काले सहयोगि मार्फत भोट हाल्दा गोपनियता भङ्ग हुने भन्दै आगामी निर्वाचनमा त्यसको बिकल्प खोज्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

अबका निर्वाचनमा आयोगले मेसिन वा ब्रेललिपि सहितकोे मतपत्रबाट भोट हाल्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यस्तै, अन्र्तक्रियामा सहभागि सरोकारवालाहरुले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्वाचन कार्यालयलाई सुझाव दिएका छन् ।

ढिला गरेर मतदाता शिक्षा कार्यक्रमका लागि कर्मचारी खटाउने र उनीहरु पनि सम्बन्धित ठाउँमा नपुगेर झारा टार्ने काम गर्दा बदर मतको संख्या बढ्ने खतरा रहेको बताएका छन् ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाले गाउँ–गाउँमा प्रत्येक व्यक्तिले एकपछि अर्को गर्दै मतदानबारे सिकाउनु पर्नेमा जोड दिए ।

यस्तै, एकल महिला समाज सुर्खेतका अध्यक्ष शितलसिंह राठौरले दुरदराजमा बस्तीमा गएर महिला, वृद्धवृद्धा र दृष्टि कमजोर भएका मतदाताहरुलाई मतदानबारे बढी चेतना दिनु पर्ने बताए ।

नेपाली काँग्रेसका नगर सचिव उपेन्द्र खड्काले आफनो पार्टिले चुनाव प्रचार–प्रसारकै क्रममा मतदाताहरुलाई मत हाल्ने तरीकावारे सिकाउँदै आएको बताए ।

यता, जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुनिता थापाले मतदाता शिक्षा कार्यकर्ताले काम गरे–नगरेकोबारे अनुगमन गरेर कुनै ठाउँमा नपुगेको पाईएमा कारबाही गर्ने बताइन् ।

उनले मतदाता शिक्षा नपाएको गुनासो केही ठाउँबाट आएपनि स्थानीय तहको निर्वाचनको तुलनामा बढी प्रभावकारी काम गरेको जिकिर गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ