arrow

विभिन्न पार्टी परित्याग गरि एक सय बढि कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार

बुटवल। निर्वाचनको मिति नजिकिँदै गर्दा बाम गठबन्धनमा आवद्ध तथा माओवादी केन्द्र तथा एमाले परित्याग गरी बुटवल उपमहानगरपालिका १२ मा एकसयभन्दा बढि युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नं १२ मा वडा सदस्यको उम्मेदवार बनेका कूलबहादुर विकको नेतृत्वमा एकसय बढि एमाले तथा माओवादी केन्द्रका युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई रुपन्देही क्षेत्र नं २ अन्तरगत प्रदेशसभा २ का उम्मेदवार महेशमान सिँहले एकैसाथ पार्टी प्रवेश गराएको प्रदेशसभा २ का प्रचारप्रसार सचिव मुक्ति अधिकारीले जानकारी दिए । पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उम्मेदवार सिँहले नेपाली काँग्रेसले सबै पक्षलाई मिलाएर लैजाने दाबी गरे । उनले नवप्रवेशी कार्यकर्ताहरुलाई विचलित नभई नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराउने अभियानमा लाग्न आग्रह गरे ।

एक अर्को प्रसङ्गमा उम्मेदवार सिँहले अहिलेको निर्वाचन भनेको मुलुकमा एकदलीय कम्युनिष्ट शासन लाद्ने कि लोकतान्त्रिक पद्दति लागूगर्ने भन्ने विषयमा केन्द्रीत भएको दाबी गरे ।

प्रवेश गराउने कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा निर्वाचन प्रचार समितिका जिल्ला संयोजक रामकृष्ण खाँण, प्रदेश सभा २ का प्रचारप्रसार संयोजक हरिबहादुर आचार्य, काँग्रेस नेता उदय काफ्ले र नवप्रवेशीको तर्फबाट कूलबहादुर विकलगायतले लोकतान्त्रिक शक्तिको बिजयीबिना मुलुकको विकास हुन नसक्ने दाबी गरे ।

कार्यक्रम रत्नबहादुर थापाको सभापतित्वमा भएको थियो । यसैबीच बुटवल उपमहानगरपालिका वडा नं ११ बाट पनि अखण्ड नेपाल पार्टी परित्याग गरी जुनु खनाल, हरिकला कार्की र मिना बेल्वासे नेपाली काँग्रेसमा प्रवेश गरेको क्षेत्र नं २ अन्तरगतको प्रदेश सभा २ की प्रचार प्रसार समिति सचिव नुमा थापाले जानकारी दिइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ