arrow

साम्यवादी खतरालाई जोगाउन लोकतान्त्रिक गठबन्धन : थापा 

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
kamal_thapa6.jpg

हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर  प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धन कसैको बिरुदमा नभई साम्यवादी खतरालाई  जोगाउन र देश विकासका लागि भएको बताएका छन् । संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ६ र ७ र १५ ले आज गौरीटार, चौघडा र नागस्वती चोक र रातोमाटेमा छुट्टाछुट्टै आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले बाम गठबन्धनको तालमेलले लोकतन्त्र कमजोर पार्न सक्ने परिस्थिती देखा परेको बताउँदै देशको विकास र लोकतन्त्रिक शासनको मान्यता बलियो हुने भएकाले लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको गठबन्धन बनेको बताएका हुन ।

थापाले अब ५ बर्ष देश विकासको साँचो जिम्मा लाउने पालो आएकोले जन्ताले लोकतान्त्रिबादहरलाई नै उक्त साँचो जिम्मा लाउने विश्वास व्यक्त गरे र धरान चतरा मार्ग, हेटौंडाको चक्रपथ निर्माणमा काँग्रेस र राप्रपा एक भएर लाग्ने उनले प्रतिबद्धता जनाएक छन् । यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार अशोक शाक्यले यो निर्वाचन राजनैतिक लडाई नभई विकाससँग जोडिएको लडाई भएको भन्दै उम्मेदवार शाक्यले एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नमा व्यस्त रहेको आरोप लगाउँदै उनले कम्युनिष्टको झुटो कुरामा नअल्झिन मतदातालाई अनुरोध गर्दै मकवानपुरको मुहार फेर्न लोकतान्त्रिकले जित्न आवश्यक रहेको बताए ।

६ नम्बर प्रचारप्रसार समिति संयोजक गणेश बहादुर भ्लोन र ७ नम्बर वडाका चुनाव प्रचार संयोजक दामोदर गौतमको छुट्टाछुट्टै अध्यक्षतामा भएको कोणसभामा राप्रपाका समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्णु लामिछाने, निवार्चन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र अर्याल माईकल, काँग्रेस हेटौँडा नगर सभापति आन्नदराम पराजुली, लगातकाले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, राप्रपा जिल्ला उपाध्यक्ष गुञ्ज न्यौपाने ,काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ, ईन्दिरा न्यौपाने, राजिव सुवेदी, काँगे्रस क्षेत्रीय सभापति तारानाथ चौलागाई, ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १५ नम्वर वडा अध्यक्ष महारत्न लामा, लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ