arrow

महतोलाई चेतावनी दिदै निधिले भने,- 'प्राचीन मिथिलाको राजधानी जनकपुर विष्फोट हुन सक्छ'

बोली माथि लगाम लगाउन महतोलाई निधिको चेतावनी

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
boli-par-lagam-715x400.jpg

जनकपुरधाम । जनकपुरधाम नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न सुझाव दिएका छन् । भुठोको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।

शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए । निधिले भने,‘सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ । सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।’ जनकपुरवासी शालिन छन्, उनले भने,‘हामी हो–हल्ला गर्दनौँ । तर, मौका परेको बेला एकपटक ताके हावा हुरीमा उड्न बेर छैन ।’

नेता निधिले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउने आफ्नो चाहना रहेको र यसलाई कसैले रोक्न नसक्ने दावी गरे । जनकपुरलाई प्रदेशको राजधानीका साथै राजर्षि विश्वविद्यालय बनाउन आफु चुनाव लडेको र विश्वविद्यालय बन्नबाट कसैले रोक्न नसक्ने निधिले बताए । यसैगरि व्यापारीहरुका लागि जटही – ढल्केबर सिक्स लेन सडक निर्माण गरेर जनकपुरलाई व्यापारिक र आर्थिक केन्द्र बनाउने आफु दृढ संकल्पित रहेको समेत उनले बताए । जनकपुरका व्यापारी वर्गका लागि निधिले आफ्नो दिर्घकालीन योजना समेत बताएका छन् । भारतको कोलकत्तामा लोड गरिएको मालसमान रेलमार्गबाट सोझै जनकपुर सम्म ल्याउने व्यवस्था गर्न आफ्नो दिर्घकालीन योजना रहेको निधिले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ