arrow

गंगामायाको अनसनबारे हिन्दूबादी संगठनहरुको चासो

अनधिकृत रुपमा खोलिएका चर्च पनि भत्काउनुपर्छ : अध्यक्ष थापा

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
gangamaya_hot_news.jpg

काठमाडौं । विगत पाँच वर्षदेखि आमरण अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न सरोकारवाला पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दु यूवा संघ अन्तराष्ट्रिय समिति, भगवती मानव कल्याण नेपाल राष्ट्रिय समिति, श्री पशुपतिनाथ सेवक संघ तथा जय शम्भु सेवा समाजले अधिकारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

आईबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारीले वि.स २०६१ साल जेठ २४ गते अपहरण पछि हत्या गरिएका कृष्णप्रसाद अधिकारीका हत्यारालाई हदैसम्मको कार्वाहीको माग गर्दै अनसनरत आमा गंगामाया अधिकारको स्वास्थ्य स्थिति नाजुक रहेकामा सरकारलाई गम्भिर बन्नु आग्रह गरे ।  

उनले भने  ‘छोराको न्यायको लागि बाआमाले अनसन मै बसेको बेला मर्नुपर्ने दिन आए, सरकारले जनताको भलाई र पीडितलाई न्याय दिने हो तर हाम्रो सरकारले पीडितलाई झन पीडाको खाल्डोमा हाल्ने गरेको छ ।’ त्यस्तै पत्रकार सम्मेलनमा सनातन हिन्दु धर्म शिरोमणी स्वामी रामबाबाले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको प्रसाद नचढाउने कार्य हिन्दुधर्मको उपहास भएको टिप्पणी गरे । 

कार्यक्रममा पशुपतिनाथ मन्दिरका सहायक भट्ट केदारमान भण्डारीले पशुपति संकटमा परेको भन्दै आध्यात्मिक क्रान्तिको खाँचो रहेको दाबी गरे । उनले भने, ‘नेपालको संविधान २०७२ ले नेपाललाई धर्म निरपेक्षता घोषित गरि सकेपछि पशुपतिमा मनोमानी सुरु भयो, आजको दिनमा असुरक्षा, अव्यवस्थित, अराजकता, राजनीति सबै हुन थाल्यो, अव नेपालको संस्कारको रक्षा र संम्वद्र्धन गर्नको लागि धार्मिक क्रान्तिको खाँचो छ, यसको नेतृत्व हामी लिन्छौ, सबैले साथ दिनुस् ।’

भगवति मानव कल्याण नेपालका अध्यक्ष रामेश्वर थापाले पशुपतिनाथको नाममा विकसित राजनीतिको अन्त्य हुनुपर्ने जिकिर गरे । उनले भने, ‘आजको दिनसम्म पनि २०६१ साल जेठ २४ गते अपहरण पछि हत्या गरिएका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कार्वाही गर्न नसक्ने अपराधी सरकारलाई मेरो आग्रह छ, जसरी उज्जन श्रेष्ठको हत्यारा पक्राउ परे त्यसै नै अधिकारी हत्यारालाई खोरमा हाल्नुपर्छ, यदि सकिदैन भने राज्यमा किन बस्ने ? 

उनले अघि थपे,‘पशुपतिमा धेरै राजनीति भयो, अब अन्त्य हुनुपर्छ, धर्म निपेक्षता पनि भन्ने पशुपतिको नाममा राजनीति पनि गर्ने यो पनि मिल्छ ? कुनै पनि हालतमा यस्तो हुँदैन, न्यायको लागि मर्नुपर्ने देश बनाउँने काम किन भयो ? दिन प्रतिदिन हाम्रो संस्कृतिमा माथि हमला भएको छ, यस्तो किसिमको अन्त्य हुन आवश्यक छ ।’ त्यस्तै कार्यक्रमका सञ्चालक तथा विश्व हिन्दु यूवा संघका अध्यक्ष सागर थापाले अधिकार दम्पतिको न्यायको माग सरकारले सम्बोधन गर्न धेरै अवेर गरेको टिप्पणी गरे । 

उनले भने,‘ सरकारले न्यायको लागि काम गर्न छोडेको छ, पीडित जनताको मर्म बुझ्ने काम सरकार हो, तर त्यसो हुन सकेन, हामी अधिकार र शान्तिको लडाईमा छौ, मुलुकमा अनाधिकृत रुपमा स्थापित भएका दर्जनौ चर्च भत्काउन सरकारले पहल गर्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ