arrow

मोरङमा निर्वाचन सम्बन्धि आवश्यक समाग्री आइपुग्यो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ मंसिर १७ आइतबार
aaaaaa.jpg

विराटनगर ।  मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाका निर्वाचनका लागी आइतबारदेखी मोरङमा  निर्वाचन सम्वन्धि आवश्यक समाग्री निर्वाचन क्षेत्रमा पठाउन शूरु गरेको छ ।
 
 क्षेत्रिय निर्वाचन कार्यालय  विराटनगरले   मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागी निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचनमा  प्रयोग हुने ६८ प्रकारका निर्वाचन समाग्री सम्वन्धित निर्वाचन अधिकृत मार्फत निर्वाचन क्षेत्रमा पठाउन थालेको हो  ।

 निर्वाचमा प्रयोग हुने मतपेटिका , मतपत्र लगायतका सामाग्री निर्वाचन स्थलतर्फ पठाएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख  प्रेमप्रसाद सन्जेलले वताए । निर्वाचन मोरङ क्षेत्र न ३ का मतदान अधिकृतहरुले आइतबार  सामाग्री  वुझेर मतदान स्थलतर्फ कर्मचारी तथा सुरक्षाकर्मी सहितको टोली निर्वाचन स्थलतर्फ परिचालन भएको कार्यालय प्रमुख सन्जेलले वताए  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ