arrow

झापाका काँग्रेसी उम्मेदवारको यस्तो छ अन्तिम प्रचारप्रसार 

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
sagar_17.jpg

चन्द्रगढी । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रचार अभियानको अन्तिम चरणमा रहेको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आइतबार तीनवटा प्रभावकारी आमसभा सम्पन्न गरेको छ ।

यसभन्दा अघि कोणसभा र घरदैलो अभियानमा केन्द्रीत रहेको काङ्ग्रेसले प्रचार अभियानलाई तिव्रता दिँदै आमसभाको आयोजना गरेको हो । चन्द्रगढी, मेचीनगर १५ को बिचार्नी चोक र मेचीनगर ५ को खुट्टेडाँगी चोकमा आमसभाको आयोजना गरेको छ ।

तीनवटै आमसभामा प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मा, प्रदेश सभा क का उम्मेदवार केशवराज पाण्डे र ख का उम्मेदवार अशोककुमार पोखरेलले सम्बोधन गरेका थिए । 

आमसभामा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार शर्माले झापा १ का हरेक मतदातालृे रुख चिन्हमा मत हाल्नका लागि मंसिर २१ गतेको प्रतिक्षा गरिरहेको बताए ।

आमसभामा उर्लिएको जनसागरलाई सङ्केत गर्दै नेता शर्माले मतदान पछि परिणाम आउँदै गर्दा नेपाली काङ्ग्रेसले विजय गरेको समाचार आम मतदाताले सुन्न पाउने बताए ।

‘अब मतदाता सचेत भइसक्नु भएको छ’ चन्द्रगढीको सभामा शर्माले भन्नुभयो, ‘प्रतिस्पर्धी दलका उम्मेदवारले हरेक क्षेत्रमा पुगेर बोल्दा विश्वप्रकाशको आलोचना गरिएको पाएँ । त्यो कुरालाई म आत्मासात गर्छु । तर बाहुनडाँगी पुगेर बाहुनडाँगीका हात्ती विश्वप्रकाशले रोकेको होइन भन्ने अनि चन्द्रगढीमा पुगेर उहि नेताले बाहुनडाँगीका हात्तीलाई लखेटेर चन्द्रगढी पठाउने विश्वप्रकाशलाई तपाईहरुले मत दिनु हुन्छ भनेर सोध्ने । त्यसो भए अब हात्तीले पनि मेरो कुरा सुन्न थालेछ । हाम्रा अतिथिलाई म आधारपूर्वक भन्छु । यहाँका जनताका आँखामा छारो हालेर झुक्याउने काम बन्द गर्नुहोस् ।’

कार्यक्रमका प्रमुख बक्ताका रुपमा रहेका शर्माले अब यो देशमा एक दलले अर्को दललाई गाली मात्र गरेर देशको विकास नहुने बताउँदै सबै राजनीतिक दलालाई एकै साथमा लिएर बल र उमङ्गका साथ अघि बढ्न तयार रहेको बताए ।


नेता शर्माले आफु अहिले नेपाली काङ्ग्रेसको उम्मेदवार भए पनि जितेर गइसकेपछि यस क्षेत्रको मात्र होइन समग्र देशको विकासमा कसरी अघि बढ्नु पर्छ भने सबैलाई समेट्दै फरक भिजन बनाएर अघि बढ्ने बताए ।

उनले विभिन्न क्षेत्रबाट काङ्ग्रेस भन्दा बाहिरका साथीहरुले समेत तपाइलाई हामी मत दिन तयार छौँ भनेर सम्पर्क भइरहेको अवस्थामा आफुसहित सिङ्गो टिमले यो क्षेत्रबाट विजय हासिल गर्ने बताए । 

प्रदेश क का उम्मेदवार केशवराज पाण्डे, प्रदेश ख का उम्मेदवार अशोककुमार पाखरेललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा जोगिन्दर पान पसलेलगायतका राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।

क्षेत्र नं –२ 

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार, प्रसारको दिन सकिनै लाग्दा राजनीति दलहरुले चुनावी प्रचार–प्रसार अभियानलाई तीब्र बनाएका छन् ।

चुनावी प्रचार अभियान अन्तरगत नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–२ ले प्रदेशसभा क्षेत्र १ र २ दुवैमा प्रचार कार्यलाई तीब्र बनाएको छ । क्षेत्र नं –२ ले प्रदेशसभा क्षेत्र १ ले विर्तामोड नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । जस अनुसार विर्तामोड नपा २ स्थित बेलडाँगीमा महिला संघको आयोजनामा कोणसभा सम्पन्न भएको छ भने वडा नम्बर ६ को स्यालडाँगीमा पनि कोणसभा सम्पन्न गरेको छ ।

कोणसभामा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उद्वव थापा, प्रदेश–१ का उम्मेद्वार लक्ष्मण खड्का, समानुपातिक उम्मेद्वार सिता पौडेल दिपेन्द्र ढकालको उपस्थिति रहेको थियो ।


मुस्लिम धर्मगरु पैगम्बर मोहम्मद सल्लल्लाह अलैहि वसल्लम को जन्मदिनका अवसरमा मुस्लिम समुदायले पर्वका रुपमा मनाउँदै आएको उत्सवका अवसरमा मियाँवाडी तथा विर्ताबजारमा उम्मेद्वारसहित सहभागि भएका थिए ।

झापा क्षेत्र नं २ प्रदेश क ले विर्तामोड नगरपालिका अन्तरगत २, ६ र ५ नम्बरवडामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी क्षेत्र–२ प्रदेश २ अन्तरगत बुद्धशान्ति गाउपालिका र अर्जुनधारा नगरपालिका अन्तरगतका विभिन्न वडामा उम्मेद्वार खगेन्द्र प्रसाई सहितको टोलीले मतदाता भेटघाट र अन्तरक्रिया गरेका छन् ।

क्षेत्र नं–५ 

यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर–५ अन्तरगत साविक खजुरगाछी, लखनपुर र दमकमा कोणसभा र घरदैलो गरेको छ ।

क्षेत्र नं–५ प्रदेश सभा९क० तर्फका नेपाली कांग्रेसका उम्मेद्वार अनिलकृण्ण प्रसाई सहितको टोलीले खजुरगाछी अर्थात हाल गौरीगञ्जमा गरेको छ भने क्षेत्र नं– ५ क कमल गाउँपालिका–५ मा कोणसभा, दमक–३ को ढुकुरपानीमा कोणसभा र घरदैलो सम्पन्न गरेको क्षेत्रीय प्रचार संयोजक ढुण्डिराज भण्डारीले जानकारी दिए ।

कोणसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, भिष्मराज आङ्देम्वे लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ