- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महेन्द्रनगर । महेन्द्रनगरमा जारी पेसन टी–ट्यान्टी क्रिकेट कपको दास्रो संस्करणमा लिटिल बुद्ध र सनराईज फाइनलमा भिड्ने भएका छन । मंगलबार भएको सेमिफाईनल खेलमा लिटिल बुद्धले एस.पी.ए धनगढी र सनाराईजले ईन्टरनेसनललाई पराजित फाईनल यात्रा तय गरेको हुन ।
प्रतियोगिता भरिमा ४-४ खेल खेलेका लिटिल बुद्ध र सनराईजले आफ्नो सबै देलमा जित हासिल गरेका छन । मंगलबार भएको पहिलो खेलमा सनराईजले ईन्टरनेसनललाई १ सय १० पराकिलो रन अन्तरले हराएको हो । टस जितेर व्याटिङ् गरेको सनराइजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदैँ १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
उसका लागी भीम सार्कीले सर्वाधिक ४१ बलमा ६१ रनको पारि खेलेका थिए । त्यस्तै अर्का व्याट्स म्यान हेमन्त धामिले १७ बलमा २७ रनको योगदान गरे । ईन्टरनेसेनलका लागी बोलिङतर्फ दिपेन्द्र चन्द, अनुराग सिंह र अशोक प्वालीले समान २-२ विकेट लिए । जवाफि व्याटिङ् गरेको ईन्टरनेसनलले १७ ओभरमै ६८ रनमै अट आउट भयो ।
उसका लागी दिपेन्द्र चन्दले १५ र महेश खातिले ११ रन जोड्न बाहेक अन्य व्याट्स म्यानले दोहोरो अंक जोड्न
सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा सनराईजका भिम सार्कीले सर्वाधिक ४ ओभर बोलिङ गर्दै ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै विकास आग्री र सागर भण्डारीले समान २-२ विकेट लिए । यस खेलका म्यान अफ द म्याच भीम सार्की घोषित भए । त्यस्तै मंगलबार भएको दास्रो खेलमा लिटिल बुद्धले एस.पी.ए धनगढीलाई ३ विकेटले पराजित ग र्यो उसका लागी व्याटिङ तर्फ सन्दिप जोराले ५१ र अभिषेक भण्डारीले २३ रनको पारि खेले । १ सय १९२ रनको विजयि लक्ष्य पन्छाएको लिटिल बुद्धले ३ बल बाकी छदैँ लक्ष्य भेट्टायो ।
टस जितेर व्याटिङ रोजेको एस.पी.ए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदैँ १ सय ९२ रन बनाएको थियो । उसका लागी बसन्त कार्कीले २४ र विजय रानाले २५ रनको योगदान गरे । लिटिल बुद्धका लागी बोलिङका क्रममा सन्दिप जोराले २ ओभर मेडिन राख्दैँ ३ रन खचेर ३ विकेट लिएका लिए । पेसन कपको फाइनल खेल बुधबार बिहान हुने आयोजकले जनाएको छ ।
पेसन कपको दासा्रे संस्करण विजेताले रु १ लाख नगद तथा ट्रफ्रि पाप्त गर्ने छ । भने उप विजेताले ५० हजार नगद र ट्रफ्रि हात पार्ने छ । त्यस्तै न्यान अफ सिरिजले १५ हजार र वेष्ट व्याट्स म्यान र बोलरले समान ५ हजार प्राप्त गर्ने छन ।