arrow

काठमाडौं जिल्लाका काँग्रेस उम्मेदवारहरुले कहाँ कहाँ गर्दैछन् मतदान ?

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
prakash_bhimsendas_gagan.png

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणमा हुने निर्वाचन बिहीबार काठमाडौंमा पनि हुँदैछ । मुलुकका विभिन्न ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको निर्वाचनमा अन्यत्रको भन्दा पनि काठमाडौंका सबै क्षेत्रहरु बढी चर्चामा छ । 

संविधान सभाको २०७० सालको निर्वाचनमा कूल १० क्षेत्र मध्ये ७ क्षेत्रमा चुनाव जितेको काँग्रेसले यस पटक नौ वटा क्षेत्रमा उम्मेदवार उठाएको छ । जिल्लाको क्षेत्र नं ७ मा काँग्रेसले राप्रपाका उम्मेदवार विक्रम थापालाई सहयोग गर्नको लागि उम्मेदवार उठाएको छैन । 

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले यसपाली पनि आफूले आफैंलाई भोट हाल्न पाउनेछैनन् । उनको मतदाता नामावलीमा अर्कैक्षेत्रमा नाम रहेको छ भने उनी अर्कै क्षेत्रमा उठ्दैछन् । काठमाडौं क्षेत्र नं १ मा काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सिंहले काठमाडौं क्षेत्र नं ७ मा पर्ने नेपाल युवक मावि पकनाजोलमा मतदान गर्ने भएका छन् । उनी विहान ८ बजे मतदान केन्द्रमा पुगेर पतदान गर्ने बताईएको छ । 

त्यस्तै, काठमाडौं क्षेत्र नं २ का उम्मेदवार दिपक कुईँकेल काठमाडौंको डाँछीमा मतदान गर्ने भएका छन् । उनले आफ्नै क्षेत्रमा उम्मेदवार बन्नेभएकाले उनले आफूले आफैंलाई मत दिन पाउने भएका छन् । यस अघि उपनिर्वाचनमा एमालेका उम्मेदवारसँग चुनाव जितेका उनले यसपाली एमाले नेता माधव कुमार नेपालसँग प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै, काठमाडौं क्षेत्र नं ३ की उम्मेदवार अम्बिका बस्नेतले काठमाडौं महानगरपालिका वडा नं ६ स्थित बौद्धमा रहेको फुलबारी गेट मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । 

काँग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन कुमार थापाले आफ्नै चुनावी क्षेत्रमा मतदान गर्नेछन् । थापाले आफ्नै क्षेत्रमा पर्ने मैतिदेवी मन्दिर मतदान केन्द्रमा विहान सवा ८ बजे पुगेर मतदान गर्ने कार्यतालिका रहेको बताएका छन् । 

त्यस्तै, काठमाडौं ५ का काँग्रेस उम्मेदवार प्रकाशशरण महतले भने यो चुनावमा नै मत दिनेछैनन् । प्रतिनिधि सभा सदस्यको पहिलो चरणको निर्वाचनमा नुवाकोट जिल्लामा गएर मतदान गरिसकेका महतले यसपटक मतदान नदिने भएका हुन् । उनी नुवाकोट क्षेत्र नं १ का मतदाता हुन् । 

त्यस्तै, काठमाडौं क्षेत्र नं १ का उम्मेदवार एवं रक्षामन्त्री भीमसेन दास प्रधानले भने आफूलाई आफैंले मतदान गर्न पाउने भएका छन् । काठमाडौंको ज्याठामा रहेको आफ्नो पुरानो घरमा नै मतदाता नामावलीमा नाम रहेका उनी अहिले उनी पकनाजोलमा बस्छन् । तर उनले पुरानो घरबाट नै मतदान गर्ने भएका छन् । 

त्यस्तै, काठमाडौं क्षेत्र नं ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गर्नेछन् । उनी सबै परिवारका सदस्यहरुसँगै गएर मतदान गर्ने बताईएको छ । 

काठमाडौं क्षेत्र नं ९ का उम्मेदवार ध्यान गोविन्द रञ्जितले काठमाडौं महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गर्ने भएका छन् । काठमाडौं १० का उम्मेदवार राजेन्द्र केसीको मतदाता नामावली र्कीतिपुरमा रहेको छ । काठमाडौं क्षेत्र नं १० नै पर्ने कीर्तिपुर ६ चोभार स्थित गरुढस्थान मतदान केन्द्रमा केसीले मतदान गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ