arrow

काठमाडौं उपत्यकामा ११ मतदानस्थल अति संवेदनशील, सबै ललितपुरका

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
elect.png

काठमाडौं । काठमाडौं उपत्यकामा ११ वटा मतदान स्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । अति संवेदनशील ११ वटै मतदान स्थल ललितपुर जिल्लाका हुन् ।

ललितपुरको दुर्गम गाउँमा पर्ने मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । धेरै मतदाता भएका र दुर्गममा रहेका मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले बताका छन् ।

अति संवेदनशील मतदान स्थलमा केहीमा प्रहरी निरीक्षक तथा केहीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । झडप हुने सम्भावना रहेका स्थानलाई पनि अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाको दृष्टिले ललितपुरका ५७ मतदान स्थललाई संवेदनशील र बाँकी ६३ स्थललाई सामान्य सूचीमा राखिएको छ ।

काठमाडौं र भक्तपुरका एउटा पनि मतदानस्थल अति संवेदनशील सूचीमा छैनन्। काठमाडौंका तीन सय २० मतदान स्थलममध्ये एक सय ७१ सामान्य र बाँकी एक सय ४९ संवेदनशील छन् ।
काठमाडौंमा दुई हजार तीन सय ३३ प्रहरी र दुई हजार सात सय ७६ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् । त्यस्तै, भक्तपुरमा ७८ मतदान स्थलमध्ये ३४ लाई संवेदनशील र बाँकीलाई सामान्यमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ