arrow

इलामका तीन शीर्ष नेता गुरुङ, खनाल र नेम्वाङले गरे मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
jhalnath-subash1.png

इलाम ।  इलामका तीन शीर्ष नेताले मतदान गरेका छन् ।  पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका सुवास नेम्वाङले सदरमुकामको बालमन्दिर मतदान केन्द्रबाट बिहान ७ बजे मत खसालेर मतदान प्रक्रियाको थालनी गरेका थिए ।

इलाम क्षेत्र नं १ का उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट भर्खरै मतदान गरे।

त्यसैगरी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले पनि इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरे।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लाका प्रतिनिधिसभा दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रकै मतदाता मतदानमा सहभागी हुँदैछन् । क्षेत्र नं १ मा एक लाख एक हजार ६१ र क्षेत्र दुई मा एक लाख दुई हजार ९८५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा १४४ मतदानस्थलमा २६६ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थलमा सबै मतदाताका लागि सुरक्षित र भयरहित तवरले मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ