arrow

दोस्रो संविधानसभा निर्वाचनमा भोट हाल्न नपाएका उदयशमशेरले आफैलाई हाले भोट

अमात्य, सिलवाल र भुसालले गरे मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
udhaya.jpg

ललितपुर । ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवाको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्र (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् ।

संविधानसभा–२ मा आफैँलाई भोट हाल्न नपाएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदयशमशेर राणाले यसपटक भने आफूलाई भोट हाले  । उनले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गरे। उनले यसअघि कुपण्डोलमा मतदान गर्दै आएका थिए ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गरे ।

क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गर्नुभएको छ । माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गरे।

प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गर्नुरेका छन् ।  एमालेका उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गरेका छन् ।  

प्रदेशसभातर्फ क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबारही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरेका छन् ।  प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे।

क्षेत्र नं २ क र ख का उम्मदवार पवनविक्रम थापाल इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरे। एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरेका छन् ।

प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे। प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ