arrow

पानीले रोकेन मतदातालाई, जाडोको वास्ता नगरी मत हाल्न लाइनमा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
kanchanpur.png

कञ्चनपुर। मंसिर २१ गते विहिबारको प्रतिक्षा सबैको थियो । कारण  देशको ऐतिहासिक निर्वाचनको दिन भएकाले पनि यस दिनको आगमन सबैको प्रतिक्षाको विषय भएको हो । कञ्चनपुरका मतदाताहरु  पनि बिहिवारको दिनको प्रतिक्षामा अधैर्य भइरहेको बेला बिहानपख पानी परेपछि मतदानमा असर पर्छ कि भन्ने चिन्ता थियो  तर यहाँका मतदातालाई पानीले रोक्न सकेन ।
 
चुनावी सरगर्मीका अगाडि मध्य मंसिरको शीतलहर र विहानी पखको हुस्सुले समेत कञ्चनपुरबाीलाई अगेनामा सीमित गराउन सकेन । मंसिर महिनाको विहानीमा परेको पानीले कचनपुरमा एक्कासी जाडो बढेको छ । तर शितलहरको  चिसोलाई वास्ता नै नगरी बिहानपख पानी परेपनि मतदाता भने निर्धारित समय अगाडि मतदान स्थलमा पुगिसकेका थिए ।

चिसिएको  वातावरणमा पनि आफ्नो मताधिकारको सदुपयोग गर्न कञ्चनपुरवाशी शान्तिपुर्ण तरिकाले लाइनमा बसी मतदान गर्दै छन् । शतक नागेका  बृद्धबृद्धाले समेत जाडोको वास्ता नगरी ममतदान गरेको महाकाली जनसेवा माविका मतदान अधिकृत गणेश दत्त जोशीले बताए ।

 यो चुनावलाई मुलुकको काँचुली बदल्ने चुनावको रुपमा लिईएको छ । इतिहास रच्ने चुनावको रुपमा लिईएको छ भने हामी अब फेरि पनि गरिब देशको नागरिक बन्ने कि समृद्ध देशको भनेर जनताले रोज्ने चुनावको रुपमा लिईएको छ । नेपालमा लोकतन्त्रको रक्षा र परिवर्तनलाई स्थापित गराउने महत्वपूर्ण चरणको रुपमा पनि यो चुनावलाई लिईएको छ ।

यो चुनाव यसकारण पनि महत्वपूर्ण छ कि एकातिर आफूलाई लोकतन्त्रको एकमात्र शक्तिमान्ने लोकतान्त्रिक गठबन्धन र कम्युनिष्ट शासन ल्याउने सोच राखेको कम्युनिष्ट गठबन्धनका यी चुनावी मुद्दामध्ये कुन् मुद्दा स्थापित हुन्छ भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ