arrow

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bridha.jpg

पाल्पा ।  पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११:३० बजे एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ