arrow

शेखर कोइरालाले गरे मतदान

मोरङमा नेताहरुद्वारा मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Shekhar.jpg

विराटनगर । मोरङमा शान्तिपूर्ण ढंगले मतदान कार्य भइरहेको छ । जिल्लाका ७५८ वटा मतदान केन्द्रमा बिहानैदेखि मतदाता उत्साहका साथ मतदान कार्यमा जुटेका छन् ।

यसैबीच, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगरस्थित आदर्श विद्यालयस्थित मतदान केन्द्रबाट बिहान ७ बजे नै मतदान गरे। उनि क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा उठेका छन् ।  

त्यस्तै, नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं क्षेत्र नं ६ का उम्मेदवार लालबाबु पण्डितले विराटनगरको महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रबाट र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् क्षेत्र नं ४ का उम्मेदवार महेश आचार्य जनता मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एवं क्षेत्र नं ५ का उम्मेदवार अमृतकुमार अर्यालले विराटनगरस्थित भानु निमावि संसारीमाईस्थानको मतदान केन्द्रबाट मतदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ