arrow

शेखर र लालबाबुको मत खस्यो

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
shekhar.JPG

राटनगर । मोरङमा शान्तिपूर्ण ढंगले मतदान कार्य भइरहेको छ । ७ सय ५८ वटा मतदान केन्द्र रहेको मतदान केन्द्रमा उत्साहका साथ मतदान भएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगरस्थित आदर्श विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरे । कोइराला ६ को प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

एमाले पोलिटब्यूरो सदस्य एवं क्षेत्र नम्बर ६ बाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले विराटनगरको महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रबाट मत खसाले । यस्तै,  काँग्रेसका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर ४ का उम्मेदवार महेश आचार्य जनता मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ५ का उम्मेदवार अमृतकुमार अर्यालले विराटनगरस्थित भानु निमावि संसारीमाईस्थानको मतदान केन्द्रबाट मतदान गरेका छन‍् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ