- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । कैलालीमा झण्डै ६८ प्रतिशत मतदान भएको छ । क्षेत्रीय निर्वाचन अधिकृत मोहन प्रसाद अर्यालका अनुसार कैलालीमा ६८ प्रतिशत मतदान भएको हाे ।
जिल्लाभरकाे मतपेटिका रातभरमा धनगढीमा जम्मा गरेर शुक्रबार मात्रै सर्वदलीय बैठक पछि मतगणना सुरु गरिने उनले जानकारी दिए ।
उनले प्रदेश नम्बर ७ का ५ जिल्लामा शान्तिपुर्वक मतदान भएको पनि बताए। यसैगरी डडेलधुरामा करिब ६५ प्रतिशत मतदान भएको पनि उनले जानकारी दिएका छन् । अन्य जिल्लाको विवरण आउने क्रममा रहेको अर्यालले बताएका छन् । कैलालीबाट प्रधानमन्त्री पत्नी अारजु उठेका कारण चर्चामा छ ।